Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

सहलगानी खानेपानी योजनामा रकम उठाउन बाँकी उपभोक्ताहरुलाई २० दिनको अल्टिमेटम


जाजरकोट । सदरमुकाम खलंगामा संचालित सहलगानी खानेपानी योजनामा श्रमदान अन्तरगत बाँकी रहेका उपभोक्ताहरुले उठाउनु पर्ने रकम २० दिन भित्र बुझाउन अल्टिमेटम दिइएको छ । बुझाउन बाँकी रहेका उपभोक्ताहरुले अव साउन १५ गने भित्र तोकिएको रकम समितिको खातामा जम्म गर्न अल्टिमेटम दिइएको हो ।

जाजरकोट खलंगा सहलगानी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी सहित अन्य सरकोकारवालाहरुको आइतवारको बैठकले यस्तो निर्णय गरेको हो । नगद साझेदारी श्रमदान अनुसार सदरमुकाम स्थित भेरी नगरपालिका वडा नम्बर ३ र ४ का ९ सय ९७ घरधुरीले प्रतिघर १० हजारका दरले रकम उठाई रहेका छन् । अहिले सम्मा ३० लाख ९० हजार रुपैँया संकलन भइसकेको छ भने अन्य रकम संकलन हुन क्रममा छ ।

योजना सम्पन्न गर्न जनश्रमदान अन्तरगत उपभोक्ताहरुले ३ करोड डरकम उठाउनु पर्ने छ । रकम उठाउन बाँकी रहेका उपभोक्ताहरुलाई साउन १५ गते भित्र तोकिएको रकम अनिवार्य उठाउन अग्रह गर्दै यो निर्णयलाई अटेर गर थप जरिवाना लाग्ने उपभोक्त समितिका अध्यक्ष बसन्त प्रसाद शर्माले बताए । उक्त खानेपानी योजना अहिले तिव्र गतिमा अगाडी बढि रहेको छ ।

वडा नम्बर ४ को बि.पी बाटीकामा ३ लाख लिटरको पानी टेंकी र सुद्धिकरण गर्ने टेंकीहरु निर्माण भइरहेको छ । अयोजना अवको एक बर्ष भित्रै सम्पन्न हुनेछ । आइतवार उपभोक्ता समितिका पदाधिकारी, ३ नम्बर वडाका अध्यक्ष खम्ब जंग शाह,४ नम्बरका वडाअध्यक्ष लिला बहादुर शाह सहितको एक टोलीले आयोजनाको स्थलगत अनुगमन समेत गरेको छ ।

उक्त अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य, खानेपानी तथा सरसफाई सव डिभिजनका कार्यालयका प्रमुख महेसी महत्व, नायव शुव्वा बिर बहादुर चन्द लगायत उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार