Loading... आजः सोमवार, कार्तिक १०, २०७७

अध्यक्षको दादागीरी : आफु अनुकुलको प्रतिवेदन नआएपछि कुटे कर्मचारी


जाजरकोट । कार्यालयमा पेश गरिएको शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि जाजरकोटका एक गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार गर्ने कर्मचारीलाई कुटपिट गरेका छन् । प्रतिवेदन आफु अनुकुलको नभएपछि जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन । यस्तो प्रतिवेदन किन ल्याइस भन्दै अध्यक्ष बस्नेतले आफुलाई कुटपिट गरेको स्रोतव्यक्ति कमलले बताए । प्रतिवेदनमा भगवती माध्यमिक विद्यालय भेटुखानमा कार्यरत गाउँपालिकाका अध्यक्षका आफ्नै भाई देव वहादुर बस्नेतको बदमासिको समेत उल्यख भएपछि आफुलाई कार्यालयमै कुटपिट गरेको स्रोतव्यक्ति कमले बताए ।

अनियमितता गर्ने शिक्षक , कृत्य हाजिर गरेर तलव भत्ता खाएको भनि उल्लेख गरिएको प्रतिवेदन स्रोत व्यक्ति कमल वःनेतले कुशेगाउँपालिकाका प्रमुख प्रशाषकीय अधिकृतलाई वुझाएका बताए । प्रशाषकीय अधिकृतले गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वःनेतलाई वुझाएका थिए ।

‘गाउँपालिका भित्रका विद्यालयमा भएका अनियमितता, छात्रवृत्ति वितरण नभएका र विद्यालयमा नपढाएरै तलब खाइरहेका शिक्षकका विषयमा प्रतिवेदन बुझाएको थिएँ,’ स्रोतव्यक्ति कमलले भने, ‘मैले बुझाएको प्रतिवेदन हेर्दै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले ममाथि नै आक्रमण गरे ।’ स्रोत व्यक्ति कमलको अनुहारमा चोट लागेको छ भने उनले जिल्ला प्रहरी कार्यालयमा घाउकेश गरेका छन् ।

शिक्षाको गुणस्तर उकास्नका लागि गाउँपालिकाले स्रोतव्यक्ति कमललाई अध्ययन प्रतिवेदन तयार गर्न लगाएको थियो । त्यसमा उनले विद्यालयमा नपढाउने, काम नगर्ने, छात्रवृत्ति वितरण नगर्ने शिक्षक र विद्यालयको सूची तयार पारेका थिए । त्यो सूचीमा गाउँपालिका अध्यक्ष हरिचन्द्रकै आफन्त बढि देखिएपछि अध्यक्षले यस्को तलव दिनु हुन्न भन्दै कुटपिट गरेको स्रोत व्यक्ति कमलले बताए ।

स्रोत व्यक्ति वःनेतले वुझाएको प्रतिवेदनमा मान्नेढुगा माध्यमिक विद्यालय का शिक्षक बाल्मीकि प्रसाद सिंह २०७४ साल १० /५ देखि २०७५ जेठ मसान्त सम्म विद्यालयमा उपस्थित नभएको भनि उल्लेख छ । त्यस्तै भगवती मावि भेटुखाना का शिक्षक खड्कवहादुर पुन २०७४ /५ /२१ देखि २०७४ /९ /३० गते सम्म उपस्थित नभएपनि प्रधानाध्यापक देववहादुर वस्नेतले २०७४ कार्तिक सम्मको तलव झुक्तानी दिएको उल्लेख छ । २०७४ पुस , माघ दुई महिनाको तलव भत्ता स्रोत व्यक्तिले रोक्का गरेको उल्लेख छ । सोही विद्यालयका शिक्षक हेमन्तवहादुरसिंह माघ, फागुन महिनामा गयल भएको भनि स्रोत व्यक्तिले रातो चिन्ह्मा टिपेक्स लगाई हाजिरी गरेको , २०७५ बैशाख १ देखि असार १५ सम्म विद्युतिय हाजिरीमा समेत हाजिरी नगरेको पाईएको उल्लेख छ । त्यस्तै २०७३ /७४ देखि २०७४/७५ सम्मको विद्यालयमा गएको कुनै पनि छात्रवृती वितरण नगरेको उल्लेख छ ।

उता गाउँपालिका अध्यक्ष हरिचन्द्रले स्रोतव्यक्ति कमलले तयार पारेको प्रतिवेदन पूर्वाग्राही भएको बताए । ‘कमल सरका आफन्त पर्ने रमेश बस्नेतलगायतले महिना दिन नपढाएको मलाई जानकारी आएको थियो । तर, त्यो कुरा प्रतिवेदनमा उल्लेख नगरेकाले हप्काएको हुँ,’ अध्यक्ष हरिचन्द्रले भने, ‘प्रतिवेदन सही तरिकाले आउनुपथ्र्यो । मेरा आफन्तको मात्र खोजीखोजी ल्याउने, तर आफ्ना आफन्तको देखेर पनि नदखेझैँ गरेपछि रिस उठेको हो ।’

यस्तो छ प्रतिवेदन


ताजा समाचार