Loading... आजः बुधबार, कार्तिक ५, २०७७

जाजरकोटमा ९५ हजार नयाँ विरुवा रोपिदै


जनक केसी
जाजरकोट । पहिरोको उच्च जोखिम भइरहने जाजरकोटमा यस वर्ष ९५ हजार नयाँ विरुवाहरु रोपिने भएका छन् । जिल्ला वन कार्यालय र मातहतका विभिन्न इकाइहरुमा उत्पादन गरिएका ९५ हजार विरुवाहरु जिल्लाका सवै भीरपाखा र खाली जमिनमा रोपिने वताइएको छ । सदरमुकाम खलंगा लगाएतका विभिन्न गाउँ वस्तीहरु वन विनासका कारण उजाड वन्दै गइरहेका वेला कार्यालयले ठुलो संख्यामा विरुवा उत्पादन र रोपन सुरु गरेको हो ।

जिल्ला वन कार्यालयको अगुवाइमा उत्पादन गरिएका विभिन्न रुखका नयाँ विरुवाहरु पाखो र खाली तथा वाँझो जमिनमा लगाउने काम सुरु गरिएको जिल्ला वन कार्यालयका प्रमुख उपेन्द्र पटटेलले वताए । जिल्ला वन कार्यालय र विभिन्न इलाका वन कार्यालय तथा अन्य इकाइहरुले यस वर्ष वाँझो जमिन, पाखो जमिन, र पहिरोको जोखिम भएको जमिनको पहिचान गरि वृक्षारोपण गर्नका लागि झन्डै एक लाख नयाँ विरुवाहरु उत्पादन गरेको प्रमुख पट्टेलले वताए । वनजंगलका हिसावले जाजरकोट मुलुककै धनी जिल्ला मानिएपनि पछिल्लो चरणमा स्थानीयवासीको गतिविधिले वन विनास वढ्दै गएको प्रमुख पटटेलले वताए । उनले घट्दो वन क्षेत्र र वन विनासाको क्षति पुर्तिका लागि ठुलो संख्यामा नयाँ विरुवाहरु उत्पादन तथा रोपन कार्यक्रम अघि वढाइएको प्रमुख पटटेलको भनाइ छ ।

वन कार्यालयका अनुसार यस वर्ष जिल्लामा जिल्ला वन कार्यालयले ३० हजार , इलाका वन कार्यालयहरुले १५ हजार र सामुदायिक वन समितिहरुले ४० हजार नयाँ विरुवाहरु उत्पादन गरेका छन् । कार्यालयले उत्पादन गरेका विरुवाहरुमा बैकनो, मसला, टांकी, चिउरी,खयर , ईपिलइृपिल जातका रहेका छन् । वन विनास तिव्र रुपमा वढेर जिल्लाको जंगल क्षेत्र घट्दै गइरहेको गुनासो वढिरहेका वेला कार्यालयले ठुलो मात्रामा विरुवा उत्पादन र वृक्षारोपणको तयारी गरेको हो । कार्यालयले जिल्लामा शुक्रवार देखि नै नयाँ विरुवाहरु वितरण तथा रोपन कार्याक्रम सुरु गरेको छ । स्थानीय वद्री पन्तले कार्यालययले जति सक्रियता देखाएपनि केहि सरकारी कर्मचारी र स्थानीयवासीहरुको उदासिनताका कारण जिल्लाको जंगल क्षेत्र विनास हुदै गएको वताए ।

स्थानीयलाइ भविस्यको चिन्ता नहुनु स्थानीय सरकारका प्रतिनिधिहरुलाइ वन क्षेत्र संरक्षणका लागि गतिलो चासो र चिन्ता नहुनुले वन क्षेत्र जोगाउन निकै गाह्रो भइसकेको पन्तले वताए । जिल्लाको वन क्षेत्र वृद्धि एवम संरक्षणका लागि राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, सामुदायिक तथा कबुलियती वन कार्यक्रम ,बृक्ष सुधार , बृक्षारोपण तथा निजी वन कार्यक्रम,जडीबुटी विकास कार्यक्रम ( कर्णाली जडीबुटी प्रशोधन समेत )वन्यजन्तु संरक्षणको लागि क्षेत्रिय सहयोग प्रबद्र्धन आयोजना लगाएतका कार्यक्रमहरु सन्चालन भइरहेको कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लाको कुल क्षेत्र फल २ लाख ३१ हजार ९५ हेक्टर जमिन मध्य जंगलले १ लाख २९ हजार १ सय २१ हेक्टर भाग ओगटेको छ भने चरण क्षेत्रले २७ हजार २ सय १५ हेक्टर भुभाग ओगटेको छ ।

त्यस्तै २७ हजार १ सय ७३ हेक्टर जमिन झाडी तथा वुटयान क्षेत्र र ३६ हजार ६ सय ८ हेक्टर जमिन कृषि क्षेत्रले ओगटेको कार्यालयले जनाएको छ । त्यस्तै नदी नाला खोला र तालले २ हजार ८ सय १४ हेक्टर जमिन ओगटेको कार्यालयको भनाइ छ । वन फडानी, चरीचरण, चोरी कटानी, खोरिया फडानी, आगलागनी, अतिक्रमण लगाएतका कारणले जिल्लाको वन क्षेत्र घट्दो क्रमा रहेको वन कार्यालयका प्रमुख पटटेलको भनाइ छ । उनका अनुसार सरकारले जिल्लाका २ सय ६९ वटा सामुदायिक वन उपभोक्ता समितीहरुलाइ वन संरक्षणको लागि ४७हजार १ सय ३१ दशमलव १९ हेक्टर वन क्षेत्र हस्तान्तरण गरेको छ भने सरकारले आफै ८१ हजार १ सय ९० दशमलव ६२ हेक्टर वन क्षेत्रको रखवारी गरिरहेका छ । त्यस्तै उनले ८२८ घरधुरीलाइ ६७ वटा कवुलियती वन हस्तान्तरण गरिएको ७ सय ९९ दशमलव १९३ हेक्टर जमिन कवुलियती वनले ओगटेको वताए ।


ताजा समाचार