Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बहुक्षेत्रिय पोषण योजना लाई मुख्यनिति कार्यक्रमा समावेस गरिएको अध्यक्ष केसीको भनाई ।


जाजरकोट,२३ असार । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले बहुक्षेत्रीय पोषण योजनालाई मुख्य नीति कार्यक्रममा समाबेस गरिएको बताए छन । गाउँपालिका राज्यको पहुँच बाट टाढा रहेको सधै रोग भोगले चिनिन वाध्य भएको जुनिचाँदे गाउँपालिकालाई पोषण यूक्त गाउँपालिकाको रुपमा बिकास गर्नका लागि आर्थिक बर्ष २०७५÷०७६को नीति तथा कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनालाई उच्च प्रथामिकताका साथ समाबेस गरिएको अध्यक्ष केसीले बताए । शनिवार जुनिचाँदे गाउँपालिकाले आयोजना गरेको बहुक्षेत्रिय पोषण योजनाको बार्षिक समिक्षा बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन ।

बहुक्षेत्रीय प्रयासको माध्ययमबाट कुपोषको अवस्थामा सुधार ल्याउनको लागि,पशुपन्छी बिकास शाखा,कृषि बिकास शाखा,महिला बालालीका र शिक्षा समन्वय शाखाबाट गाउँपालिकका वडा नं ९ र ११ मा हजार दिनका महिलाहरुलाई कुखुराका चल्ला वितरण पशुपन्छीलाई औषधी बितरण,स्वास्थ्य संस्थामा सुत्केरीहुने महिलाहरुका लागि पोषण तथा सफाई प्याकेज वितरण, तरकारीको विउ विजन वितरण, वाल विकास केन्द्र तथा विद्यालयमा पोषण सरसफाई सम्बन्धी तालिम,वालवालीका किशोर किसोरी र अभिभावक वीच बाल विवाह,महिनावारी तथा सरसफाई लगाएतका कायक्रम संचालन गरिएको पोषण सम्पर्क व्यक्ति कृष्ण बि.क. पराजुलीले जानकारी दिए ।

पराजुलिका अनुसार बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनको लागि नेपाल सरकार र युनिसेफको सहयोगमा १३ लाख ३४ हजार बजेट केन्द्रबाट प्राप्त भएको बजेटका अतिरिक्त गाउँपालिका बाट पनि रु ४ लाख बजेट विनियोजन भए अनुसार कूल १७ लाख चौतीस हजारको कार्यक्रम सम्पन्न भएको समिक्षा बैठकमा प्रतिबेन पेश गरीएको थियो । साथै योजनाले वडा नं ९ र ११ मा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन बिनियोजन गरिएको बजेटको आधारमा बार्षिक कार्ययोजना बनाई वडा तथा गाउँपालिका स्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति बाट स्वीकृत भई कार्यान्वयन भएको समेत पोषण सम्पर्क व्यक्ति पराजुलीले जानकारि दिए ।

समूदाय स्तरमा पोषण, प्रजनन स्वास्थ्य, सूरक्षित मातृत्व, महिनावारी तथा अन्य जीवन उपयोगी सिप र लैगिक समता सम्वन्धि बिभिन्न तालिम सञ्चालन गरिएको जुनिचाँदे गायँपालिकाले जनाएको छ । यस्तै पहाडि क्षेत्र बिकास अभियान जाजरकोटको आयोजना सञ्चालीत सुवाहारा कार्यक्रमले पनि जुनिचाँदे गाउँपालिकामा सञ्चालन गरिएको पोषण योजना बार्षिक कार्य समिक्षा सार्वजनिक गरेको छ । सञ्चान गरिएको कार्यक्रम गाउापालिका भित्र रहेका ९ आटा वडाहरुमा सञ्चालन गरिएको सुवाहारा कार्यक्रम फिल्ड संयोजक गिरिराज चन्दले जानकारि दिए ।

कार्यक्रमले घरयासि खाद्ययान उत्पादन स्वास्थ्य तथा पोषण लगाएतका कार्यक्रमलाई अगाडि बढाएको छ । साथै आगामि आर्थिक बर्ष २०७५÷०७६ मा सबै वडाहरुमा कार्यक्रम सञ्चालन गरिने समेत जुनिचादे गाउँपालिकाले जनाएको छ ।कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यष शिवा आचार्य लगाएत सम्पूर्ण जनप्रतिनिधि हरुको उपपस्थीति रहेको थियो ।


ताजा समाचार