Loading... आजः आइतवार, कार्तिक ९, २०७७

समृद्ध नेपाल सुखि नेपाल निर्माण गर्नको लागि हात्यमालो गरि अगाडिबडे समृद्ध नेपाल निर्माण हुने अध्यक्ष घर्तीको भनाई ।


जाजरकोट,२२ असार । युवा संघ नेपाल जाजरकोटका अध्यक्ष नारायण घर्तीले समृद्ध नेपाल सुखि नेपाल निर्माण गर्नको लागि युवाहरु हात्यमालो गरि अगाडिबढनु पर्ने बताए । काम गर्न सक्ने जनशक्ति दैनिक खाडिमुलुकमा जान बाध्यता र स्वदेशमा रहेका युवाहरु कुलतमा फसेका कारण देशमा बिभिन्न हिंसा जन्य कार्य भएको बताए । नेपाल कृषि प्रदायक देश भएकोले दैनिक युवा पलाएन हुनाले गाउँहरुमा जग्गा बाजो बन्दै गएको अध्यक्ष घर्तीले बताए । स्वरोजगारिको अवसर नहुदा नेपालीहरु जान बाध्य भएको हुदा विदेशमा बसेर पसिना चुवाउनु भन्दा सबै युवाहरुले हात्यमालो गरि आगामि समृत नेपाल निर्माणमा लाग्न आग्रह गरे ।

शुक्रबार युवा संघ नेपाल जाजरकोटले आयोजना गरेका समृद्ध नेपाल सुखि नेपालि बिषयक बक्तृत्वकला प्रतियोगिताको समापन गर्दै अध्यक्ष घर्तीले यस्तो बताएका हुन । अध्यक्ष वरोजगारि समस्यालाई अनत्य गर्नको लागि जिल्ला जिल्लामा युवा परिषदको परिकल्पना गरेको अध्यक्ष घर्तीले बताए । जिल्लामा करिब २ बर्ष पार गरेको ब्यरोजगार युवाहरू लाई रेजगार दिएको समेत अध्यक्ष घर्तीले बताए । गत बर्ष १५ जना महिलाहरु लाई ब्युटिपालर तालिम सञ्चालन गरिएको एकवडा १० युवा कार्यक्रम लाई गत बर्ष निर्वाचन क्षेत्रका आधारमा २ ओटा निर्वाचन क्षेत्रमा ५ लाख ऋण लगानि गरि २० जना युवाहरूलाई प्रत्यक्ष रोजगारि सृजना गरिएको अध्यक्ष घर्तीको भनाई रहेको थियो ।

आर्थिक बर्ष २०७४÷०७५ मा क्षेत्र नम्बरको आधारमा जिल्लाको जुनिचाँदे गाउँपालिकामा रु ५ लाख ऋण प्रदान गरिएको समेत अध्यक्ष घर्तीले बताए । युवा हरुलाइ अगाडि बढाउन युवा समिति लागि परेको समेत बताए । समृद्ध नेपाल सुखि नेपाल निर्माण गर्नको लागि हात्यमालो गरि अगाडि बढन आग्रह गर्नुभयो । साथै उक्त बक्तृत्वकला प्रतियोगिता प्रतियोगितामा प्रथम हुने सहभागी लाई कर्णाली प्रदेशमा प्रदेश स्तरिय कार्यक्रममा सहभागी गराउने जिल्ला युवा समिति जाजरकोटले जनाएको छ ।

कार्यक्रम्मा जिल्ल युवा संघ जाजरकोटमा अध्यक्ष नारायण घर्तीको अध्यक्षता तथा जिल्ला युवा समिति जाजरकोटका कार्यालय प्रमुख शुदिन राज बुढाथोकि त्रिभुवन उच्च माबि खलंगाका प्रध्यान ध्यापक हेरम्ब बहादुर शाह भेरी ज्ञानोदयका क्यामपस प्रमुख चन्द्रबहादुर बहादुर बुढा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष विर बहादुर गिरी अखिल क्रान्तीकारि जाजरकोटका अध्यक्ष अटल आर्चाय युवा संघ नेपाल जाजरकोटका सचिव जय बहादुर बस्नेत लगाएतको उपस्थीति रहेको थियो । बक्तृत्वकला प्रतियोगितामा प्रथम शर्मिला शर्माले दृतिय दिनेश गौतम तिर्तिय सुनिता शर्मा हिमान सिंह कार्की सन्तैना ःथान ल्याउन सफल भएका थिए । बक्तृत्वकला प्रतियोगितामा ६ जना सहभागि हरुले भाग लिएका थिए भने कार्यक्रमको सञ्चालन सचिव जय बहादुर बस्नेतले गरेका थिए ।


ताजा समाचार