Loading... आजः सोमवार, कार्तिक १०, २०७७

संगै सुतेकी साथीकै मिलेमतोमा सामुहिक बलात्कार


सुर्खेत, २२ असार । सुर्खेतको बराहताल गाउँपालिकामा सँगै सुतेकी साथीकै मिलेमतोमा एक किशाेरी सामुहिक बलात्कारकाे शिकार भएकी खुलासा भएकाे छ ।

महिनावारी हुँदा छाउगोठमा सुतेकी किशोरीमाथि भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीलाई प्रहरीले पक्राउ गरेकाे छ । स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा पुगेका थिए । त्यतिबेला पीडित युवती सुतेकी थिइन् । निर्मला पदमसँग बाहिर निस्किन्।

जनक र चेतनले सुरुमा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छाउगोठ निर्मलाको घरदेखि १० मिटर टाढा छ ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ मा आइतबार राति १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीका अनुसार पीडित किशोरीको यौनाङ्ग च्यातिएको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।

जागरण एफ.एम बाट 


ताजा समाचार