Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

नेकपा जाजरकोटका युवा, विद्यार्थीहरु किसानको रोपाइमा


जाजरकोट । नवगठित नेपाल कम्युनिष्ट पार्टिका युवा तथा विद्यार्थीहरु जनताको खेतमा गएर रोपाई गरेका छन् । यतिवेला जिल्लाका कृषकहरु रोपाई गर्न भ्याइ नभ्याई गरिरहेको वेला उनिहरुको खेतमा गएर युवा तथा विद्यार्थीहरुले रोपाई गरेका हुन् ।

नेकपा जाजरकोटका अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, युवासंघ र वाईसिएलका जिल्ला तथा केन्द्र स्तरका सवै युवा विद्यार्थिहरुले कृषकहरुको खेतवारीमा गएर धान रोपाई गरी किसानहरुको मन जितेका छन् । बिहिबार भेरी नगरपालिकाको कालेगाउँका कृष्ण बहादुर खत्रीको खेतमा गएर ५० भन्दा बढि युवाहरुले धान रोपाई गरेका हुन ।

युवा तथा विद्यार्थीहरुले धान रोप्ने देखि, खन्ने लगायतका सवै काम गर्दा कृषकहरु अचम्ममा परेका थिए । कर्णाली प्रदेशकी कृषि तथा भुमिसुधार एबम सहकारी पर्यटन मन्त्री बिमला केसीको प्रमुख उपस्थितिमा उनिहरु मज्जाले रोपाई गरे । युवा संघका अध्यक्ष दिपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नारायण घर्तीले युवा विद्यार्थीहरु संधै कृषकहरुको सुख दुःखको साथी भएको बताए ।

त्यस्तै युवा संघका केन्द्रिय सचिवालय सदस्य राजन थापा, वाईसियलका अध्यक्ष भिम जिसि लगायतले आफ्नो भनाई राखेका थिए । रोपाईमा सहभागि मन्त्री बिमला केसिले युवाहरुको कार्यको प्रशंसा गर्दै युवाहरु लक्षित गरेर बिभिन्न कार्यक्रम ल्याइने आश्वासन दिइन ।

युवासंघका सचिव जय बहादुर बस्नेतले संचालन गरेको रोपाई कार्यक्रममा कुशे गाउँपालीका वडा नम्बर १ का वडाअध्यक्ष गोपाल नेपाली, अनेरास्ववियु क्रान्तिकारीका अधयक्ष अटल आचार्य, सरोज जंग शाही, लगायतका ५० भन्दा बढि युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 


ताजा समाचार