Loading... आजः आइतवार, कार्तिक १६, २०७७

छेडागाड नगरपालिद्धारा दृष्टिविहिन विद्यार्थीकालागि कम्प्युटर प्रदान


जाजरकोट । दृष्टिविहिन तथा शारिरिक अपांगता भएका बिद्यार्थीहरुका लागि छेडागाड नगरपालिकाले कम्प्युटर प्रदान गरेको छ । कम्प्युटर मार्फत अध्ययन, अध्यपान गराउन नगरापालिकाका प्रमुख लाल बहादुर महताराले उनिहरुलाई कम्प्युटर प्रदान गरका हुन् ।

भेरी नगरपालिका वडा नम्बर ६ को लक्ष्मि माध्यमिक विद्यालयमा संचालित दृष्टिविहिन अपांग स्रोत कक्षाका शिक्षक ठगेन्द्र लुहारलाई नगरप्रमुख महताराले एक थान ल्याप्टप प्रदान गरेका छन् । शिक्षक लुहारले राम्रो काममा सहयोग गरेको भन्द्र नगरप्रमुख महताराको प्रशंसा समेत गरे ।

दृष्टिविहिन र शारिरिक अपांगता भएका १७ जना बिद्यार्थीहरु अहिले बिद्यालयमा अध्ययनरत छन् । उनिहरुलाई ब्रेन लिपिको माध्यमबाट अध्यपन गराइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सर्वदल शाहिको उपस्थितिमा शिक्षक लुहारलाई ल्याप्टप प्रदान गर्दै नगरप्रमुख महताराले यस्ता बिद्यार्थीहरुलाई पढ्न पाउने अधिकारबाट बंन्चित गर्न नहुने धारणा राखे ।

शिक्षक लुहारलाई महताराले दृष्टिविहिन र शारिरिक अपांगता भएका बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन सुझाव दिए । उक्त स्रोत कक्षामा जाजरकोट संगै सल्यान, रुकुम र दैलेखका बिद्यार्थीहरु अध्ययनरत छन् ।


ताजा समाचार