Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

चुस्त एवं प्रभावकारी सेवा प्रवाह गर्न २५ बुदे प्रतिबद्धतापत्र सार्वजनिक


जाजरकोट,२० असार । जाजरकोटमा सरकारी कर्मचारीको सेवा प्रवाह चुस्त र प्रभावकारी नभएको गुनासो आईरहेको बेला जाजरकोटका निजामति कर्मचारीले सेवा सुधारका लागी २५ बुदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन एवम अनुगमन समितिको पहलमा जाजरकोटका कर्मचारीले चुस्त एवं प्रभावकारी सेवा प्रवाह सम्बन्धी २५ बुदे जाजरकोट प्रतिबद्धता सार्वजनिक गरेका हुन् । प्रमुख जिल्ला अधिकारी ललित बस्नेत लगायतका सरकारी कार्यालयका प्रमुखहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरि सेवा सुधार गर्ने प्रण गरेका हुन् ।

प्रतिबद्धतापत्रमा भष्टाचार ढिलासुस्ती, मोलाहिजा र पक्षपात गर्दिन र आफ्नो कार्यालय र मातहतका निकायमा गर्न दिने छैन, म ब्यक्तिगत फाइदाको लागि सार्वजनिक नोक्सानी हुन दिने छैन, म आचरण ब्यवहार र अनुशासनका आधारमा जनमुखी भई सेवा प्रवाह गर्नेछु , आफ्नो र कार्यालयको कार्य सम्पादनका विषयमा उत्तरदायित्व लिनेछु, सेवा प्रवाह नरोकिने गरी विदा वा काजमा बस्ने, आफुले गरेको महिना दिन भित्रको कार्यसम्पादनको समीक्षा गरी सुशासन प्रवद्र्धनका निम्ति आगामी महिना गर्ने कार्यहरुको विषयको निर्धारण र प्रगति समीक्षा गर्न कार्यालयले प्रत्येक महिनाको पहिलो आईतवार समीक्षात्मक कार्यक्रम गर्ने कुरा उल्लेख गरिएको छ ।

त्यस्तै, सेवाग्राही तथा उपभोक्ताको हक अधिकारलाई प्रभावकारी रुपमा लागु गर्न सम्बन्धित अधिकारीबाट महिना महिनामा नियमित बजार अनुगमण गर्ने, सेवाग्राहीलाई सेवा दिएनदिएको छड्के अनुगमन तथा निरीक्षण गर्ने, सार्वजनिक सेवा प्रवाहमा लक्षित जनताको पहुँच बढाउन एकीकृत घुम्ति सेवा संचालन र पारदर्शिता प्रवद्र्धन गर्न सार्वजनिक सुनुवाई गर्ने र सामाजिक परिक्षण गर्ने कुरा उल्लेख छ ।

सेवाग्राहीको कुनै काम तोकिएको समय भित्र सम्पन्न गर्ने, सम्पन्न हुन नसक्ने वा नमिल्ने भएमा आधार, कारण र औचित्य खोली सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउने, कार्यालयका कुनै कर्मचरी वा सम्पादित कुनै कार्यको विरुद्धमा कुनै उजुरी परेमा ३ दिनभित्र छानवीन प्रारम्भ गरी कानुनले अवधि तोकेको सोही अवधि भित्र र नतोकिएको भए १५ दिन भित्र कारवाही किनारा लगाउने लगायतका २५ बुदे प्रतिवद्धता गरिएको हो ।

यी प्रतिबद्धता कार्यान्वयन गरिने प्रजिअ बस्नेतले दृढता पटक गरेका छन् । उच्च स्तरीय प्रशासन सुधार आयोगका सदस्य एवं प्रशासकिय अदालतका अध्यक्ष काशीराज दाहालले सेवा प्रवाहको अवस्था चुस्त दुरुस्त र पारदर्शी राख्न सके जनताको विश्वास सरकार प्रति बढ्ने बताए । उनले सेवाग्राहीको कामलाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिदै भने ‘संविधान कार्यान्वयन, संघिय शासन ब्यवस्था लाई सफल पार्ने र समृद्धिको यात्रामा मुलुकलाई लैजाने कार्यमा कर्मचारीको महत्वपुर्ण भुमिका रहन्छ ।


ताजा समाचार