Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बागेश्वरीलाई एमयूको आंगिक बनाउने विषयमा छलफल

मध्यपश्चिम विश्वविद्यालयका १० क्याम्पसहरु आंगिक बनाउने सम्बन्धमा छलफल गरिएको छ । नेकपामा नेता नरेन्द्र न्यौपानेले विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो.देवराज अधिकारीसँग मंगलबार छलफल गरेका हुन् ।
अधिकारीले मध्यपश्चिम विश्वविद्यालय प्रक्रिया पूरा गरी अघि बढे आगामी आर्थिक वर्ष २०७५/७६ देखि नै युजिसीले बजेट व्यवस्थापन गर्ने बताए । नेकपामा नेता न्यौपानेले खास गरी बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका विषयमा चासो राखेका थिए । उनले बागेश्वरी पनि आंगिक क्याम्पस हुने कुराले उत्साहित भएको बताए ।


ताजा समाचार