Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

शिशु हत्या अभियोगमा एक किशोरीलाई जन्म कैद

जाजरकोट । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ बर्षिया किशोरी सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायधिस देवकुमार गिरीको एकल ईजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहर सहित जन्मकैदको सजाय सुनाएको हो ।

शिवब्यवसायिक माध्यमिक विद्यालय कालेगाँउमा कृषि जेटिएमा अध्ययन गर्नका लागी भेरी नगरपालिका–१ रावतगाँउमा बस्दै आएकी थिईन । प्रहरीका अनुसार डेरामा बस्ने क्रममा अवैध रुपमा गर्भवति भएकी उनले गत बेशाख २६ गते बच्चा जन्माएकी थिईन । उनले उक्त बच्चाका हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालिदिएकी थिईन । घटना लगत्तै सवितालाई प्रकाउ गरि पुर्पक्षका लागी थुनामा राखेर अनुसन्धान थालिएको थियो । जिल्ला अदालतको फैसला पछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी रविन्द्र बहादुर सिंहले जानकारी दिए ।

बलत्कार अरोपितले पाए सफाई
बलत्कार अभियोगमा पुर्पक्षका लागी थुनामा रहेका एक युवकले सफाई पाएका छन् । जाजरकोट खलंगाकी एक १४ बर्षिय बालिकालाई बलत्कार गरेको अभियोग लागेका जुम्ला तिला गाँउपालिका–८ का २५ बर्षिय विर्खबहादुर थापाले सफाई पाएका हुन् । जिल्ला न्यायधीश देवकुमार गिरीको एकल ईजलासले आरोपित थापालाई निर्दोष ठहर गदै सफाई दिएको हो । आरोपितलाई गत चैत्र २५ गते पक्राउ गरिएको थियो । बलत्कार गर्नेले नै बयान फेरेपछि (होस्टाईल) थापाले सफाई पाएका हुन् । जाजरकोटमा पछिल्लो समय बलात्कारका घटनामा शुरुमा उजुरी दिने पछि पैसाको लेनदेनमा पिडितले नै मुद्धा होस्टाईल गर्न थालेका छन् ।

स्राेत : digitalsanchar


ताजा समाचार