Loading... आजः शनिबार, अशोज २, २०७८

मनोमानी गर्न नपाउँदा वडा अध्यक्ष अत्ताल्लिए

अध्यक्षले वडा कार्यालय बन्द गरेपछि कार्यालय बाहिर काम गर्दै वडा सचिव, साथमा नगरप्रमुख र उपभोक्ताहरु

जाजरकोट । बिकास निर्माणको बजेटमा मनोमानी गर्न नपाएपछी एक वडा अध्यक्ष अत्ताल्लिएका छन् । नगरपालिका द्धारा वडाका लागि बिनीयोजीत गरेको बजेट आफु अनुकुल खर्च गर्न नपाउँदा उनि अत्ताल्लिएका हुन् । भेरी नगरपालिका वडा नम्बर ६, का वडा अध्यक्ष शशिराम बुढाले बिकास निर्माणको बजेटमा मनोमानी गर्न नपाएपछि अत्ताल्लिएका हुन् ।

सो वडामा सडक निर्माणमा बिनियोजीत बजेट अन्तरगत उपभोक्त समिति गठन गर्ने क्रममा उनले आफ्ना आफन्तलाई राखेर उपभोक्त समिति गठन गर्न खोजेका थिए । आप्mनो अनुकुलमा उपभोक्त समिति गठन नभएपछि उनि अत्तालीएका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष बुढाले पाल्ते, पौरेनको माथि, समालपाख्रा, आरिडावा हुदै गाँरेबाँज सम्मको सडक निर्माण उपभोक्ता समिति गठन गर्दा एकलौटी रुपमा पार्टि कार्यकर्ता र आफन्तलाई समितिमा राख्न खोजेका थिए । एकलौटी रुपमा उपभोक्त समिति गठन गर्न नहुने भन्दै स्थानियले विरोध गरेपछि उनि समस्यामा परेका हुन् । समस्या समाधानको निम्ति पुगेका नगर प्रमुख चन्द्र प्रकाश घर्तीलाई उलने अपमानित गरेका छन् ।

नगरप्रमुख कार्यालयमा पुगेको बेला कार्यालय बन्द गरेर उनि भागेका थिए । सर्वसम्मत समिति गठन भईसकेपछि पनि आफु अनुकुलको व्यक्ति समितिमा नआएपछि वडा कार्यालय बन्द गरेर वडा अध्यक्ष भागेको उपभोक्त प्रेम बहादुर बि.क ले बताए । नगरप्रमुख घर्ती उपस्थित भइरहेको बेलामा वडा अध्यक्ष बुढाले कार्यालय बन्द गरि बैठक पुस्तिका र छाप समेत लुकाएका छन् ।

उनले वडा सचिवलाई समिति गठनको निर्णय नलेख्न भन्दै धम्क्याउन सम्म भ्याएका छन् । वडा सचिवले पछि ह्वाइट पेपरमा समिति गठनको निर्णय लेखेका छन् । आफु अनुकुल समिति गठन नभएपछि वडाअध्यक्षले नगर प्रमुखको नामै किटान गरि बिहिबार विज्ञाप्ति समेत निकालेका छन् ।

विज्ञप्तिमा नगरप्रमुखले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । स्थिानियले अध्यक्ष अनुकुलका अर्को गाउँका हरी बहादुर शाहीलाई समितिमा राख्न नदिएपछि उनि कार्यालय बन्द गरेर भागेका हुन । शाही गैह्र उपभोक्ता समेत हुन् । उक्त सडकको लागि नगरपालिकाले २५ लाख रुपाँैय बिनियोजीत गरेको छ ।
गाउँमा बिकास निर्माणको लागि गएको बजेटमा उनले अहिले सम्म मनोमानी गर्दै आएको स्थानिय डम्बर खड्काले बताए । आफ्ना आफन्त र कार्यकर्तालाई मात्र बिभिन्न समितिमा राख्दै आएका उनि अहिले तेसो गर्न नपाउँदा अरुलाई दुःख दिने गरेको अर्का उपभोक्ता पदम बहादुर पुनले बताए ।

नगरपालिकाको आयोजना व्यवस्थापन कार्यविधि २०७४ लाई मिचेर गैर जिम्मेवार कार्य गरेको भन्दै यस्तो कार्य सैय नहुने नगरप्रमुख घर्तीले चेतावनी दिए । उनले वडा अध्यक्ष गैह्र कानुनी तथा मनोमानी ढंगले अगाडी बढेको, वडा सचिवलाई धम्क्याउने गरेको, बैठक पुस्तिका लिएर भागेको जस्ता कार्या गर्नु दुर्भाग्यपुर्ण भएको बताएका छन् । बिभिन्न बहानामा जनतालाई दुःख दिने कार्य गरीरहेको भन्दै नगर प्रमुखले यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।


ताजा समाचार