Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जाजरकोटका आयोजना अलपत्र पार्ने १० ठेकेदारको नाम गृह मन्त्रालयमा सिफारिस ।।

जाजरकोट, १ असार । जाजरकोटमा रहेका योजना अलपत्र पार्ने १० जना ठेकेदारको नाम गृह मन्त्रालयमा पठाइएको छ । जिल्लामा सञ्चालित विभिन्न बिकास निर्माणका आयोजना अन्तर्गत निर्माणाधीन सडक, सरकारी भवन, पुल अलपत्र पर्दा पनि निर्माण व्यवसायीले सरकारी ताकेता बेवास्ता नगरेको ले हान जाजरको जिल्ला बाट १० जना ठेकदार को नाम गृह मन्त्रालयमा पठाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारि दिए । बस्नेतका अनुसार कतिपय आयोजनाहरु निर्माण सम्पन्न गर्ने सम्झौताको अवधि पूरा हुँदा पनि धेरै निर्माण व्यवसायी बेपत्ता हुने गरेको उहाँको भनाइ छ ।

गृह मन्त्रालयमा पठाइएका मध्य जिएम कन्सट्रक्सन काठमाडौं, डाँफे विशाला जेभी सुर्खेत, फ्राइन्डस कन्सटक्सन प्रालि काठमाडौं, मालिका निर्माण सेवा एन्ड सप्लायर्स, लोहनी एन्ड ब्रदर्स बाँके, रौताहा कन्सट्रक्सन कम्पनी उदयपुर, लुम्बिनी आशिष जेभी भरतपुर चितवन, सर्वाेद्वार फ्राइन्डस जेभी, मृत सन्जीवनी गल्वा जेभी गल्वा, मैनाचुली सुरुची जेभी सवक मजदुर कन्सट्रक्सन सुर्खेत लगायत रहेका छन्।

जिल्लाको शिवालय गाउँपालिकाको मोर्क खोलाको मोटरेबल पुल आठ वर्षदेखि, प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको भवन पाँच वर्षदेखि, पासागाड खोला पुल चार वर्षदेखि अलपत्र अवस्थामा रहेका छन । त्यस्तै बडकुले स्वास्थ्य भवन दशेरा स्वास्थ्य भवन , लामा तडा गर्खाकोट सडक खण्ड , जिल्ला अस्पताल जाजरकोट भवन लगाएतका थुप्रै आयोजना हरु जिल्लाम ब्यबहारीस्य अवस्थाम रहेका छन,

हाल जिल्ला प्रशासन कार्यालय जाजरकोट बाट नामहरु मात्र सिफारिस गरिएको र गृह मन्त्रालयको निर्देशन अनुसार ठेकदाल लाई आवश्यक कारवाहि अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षेक रविन्द्र बहादुर सिंहले जानकारि दिए । हाल कुनै पनि निर्देशन नआएका कारण कुनै पनि काम अगाडि बढन नसकेको समेत सिंहले जानकारि दिए ।


ताजा समाचार