Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

मकै पकेट क्षेत्रका कृषकलाई सामाग्री हस्तान्त्रण


जाजरकोट । मकै पकेट क्षेत्रका कृषकहरुलाई विउ उत्पादनमा प्रयोग हुने सामाग्री हस्तान्त्रण गरिएको छ । भेरी नगरपालिका २, तिमिलेका कृषकहरुलाई मंगलवार मकैको विउ उत्पादनमा प्रयोग हुने बिभिन्न सामाग्रीहरु नगर उपप्रमुख भावना भण्डारीले हस्तान्त्रण गरेकी हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम अन्तरगत उक्त सामाग्रीहरु कृषकहरुलाई उपप्रमुख भण्डारीले हस्तान्त्रण गरेकी हुन । उपप्रमुख भण्डारी संगै वडा अध्यक्ष कालि बहादुर वली, नगरका कृषि उपशाखाका निमित्त प्रमुख यज्ञ बहादुर अधिकारीले सामाग्री वितरण गरेका थिए ।


मकै पकेट संचालक समिति तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्णसेलर, मकै सुकाउने पाल दिइएको हो । ३१ सेटमा रहेका १ सय ५ वटा मकैको विउ राख्न प्रयोग गरिने सिट विन, २१ वटा हाते कर्नसेलर र ३० वटा मकै सुकाउन प्रायेग गरिने त्रिपाल कृषकहरुलाई हस्तान्त्रण गरिएको छ । मकै पकेट संचालक समिति तिमिलेका कृषकहरुले १० हेक्टर जमिनमा ढाई क्वीन्टल मकैको मुल विउ रोपेका छन् ।

विउ उत्पादन राम्रो भए अन्य जिल्लाहरुमा निर्यात गर्न सकिने नगर कृषि उपशाखाका निमित्त प्रमुख अधिकारीले बताए । तिमिले मकै उत्पादनको राम्रो क्षेत्र रहेकोले लक्ष्य अनुसारको मकैको विउ उत्पादन हुने उनले विश्वास गरे ।

यसैविच मकै विउ उत्पादन सम्बन्धि स्थलगत तालिम मंगलवार तिमिलेमा सम्पन्न भएको छ । मकै पकेट संचालक समितिमा आवद्ध कृषकहरुलाई उक्त तालिम दिइएको हो । मकैको मुल विउ रोपेका कृषहरुलाई यसको रेखदेख गर्न तातिल दिइएको कृषि प्राविधिक यज्ञ अधिकारीले जानकारी दिए ।

कृषि प्राविधिक गाउँमै आएर मकैको गोडमेल गर्ने तरिका, झारपात हटाउने लगायतको प्राविधिक कुरा सिकाएकोमा मकै पकेट क्षेत्र तिमिलेका संयोजक ललित खत्रील खुसि व्यक्त गरे ।


ताजा समाचार