Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

जाजरकोटमा बिश्वबालश्रम विरुद्धको दिवस अवसरमा युवा उद्यमीहरुका लागि कुखुरा पालन तालिम


जेठ ३० जाजरकोट । जाजजरकोट जिल्लाको सदरमुकाम खलंगामा ७ दिने कुखुरा पानल तालिम शुरु भएको छ । सामुदायिक विकास कार्यक्रम र एकिकृत परियोजनाको संयूक्त आयोजनामा तालिम संचालन भएको हो । तालिममा जाजरकोट जिल्लाका छेडागाड र नलगाड,जुनीचाँदे, र बारेकोटगाउँ पालिकाका १५ जना युवा उद्यमीहरुको सहभागीता रहेको छ । एकिकृत परियोजना लघुउद्यम विकास तालिम प्राप्तगरि परियोजनाको सहयोग र आफ्नो लगानीमा कुखुरा पालनगरिरहेका ५ जना र सामुदायिक विकास कार्यक्रम अन्र्तगत गठित नागरिक सचेतना केन्द्रका सदस्यहरुका परिवारबाट जिविकोपार्जन कार्यक्रम कुखुरा पालन गरिहेका १० जना सहभागी रहेको सामुदायिक विकास कार्यक्रमका जिविकोपार्जन तथा स्थानिय शासन अधिकृत उपेन्द्र रावलले बताए । मंगलवार बिश्वबालश्रम विरुद्धको दिवस र युवा रोजगार प्रवद्र्धन दिवसको अवसरमा युवाहरु लाइ कुखुरा पालन तालिम सुरु गरेको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका बाल कल्याणका जिविकोपार्जन तथापोषण परियोजना संयोजक प्रविन नेपालीले जानकारि दिए ।

तालिम उद्घाटन जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेज विक्रमशाहले गैर सरकारी संस्थाहरुले सामाज परिवर्तन, बेरोजगारी न्युनीकरण र गरिवीनिवारणका लागि धेरै लगानी गरेको यसबाट भरमग्दुर फाईदा लिन र स्वरोजगारी भई आत्मनिर्भर बन्नतथा स्वदेशीभुमीमा नै केहीगर्नका लागि यो तालिम एउटा अवसर रहेको र यस अवसरको फाईदा उठाउन सहभागीहरुलाई सुझाव दिए । सेभ द चिल्ड्रेन जाजरकोटका परियोजना संयोजक मनोज कुमार सुनुवारले तालिमलिई सकेपछि यसलाई व्यवहारिक रुपमा प्रयोग गरि सफल उद्यमीबन्न सघाउ पु¥याउने बताए । तालिम लिएर मात्र नहुने तालिम लाई परिणम मुखि गर्नन समेत आग्रह गरे । उता पाँचतारा युवा संरक्षक मञ्चजारकोटका कार्यकारी निर्देशक छवि पन्तले आर्थिक समृद्धि युवा उद्यमीहरुको उद्यमशिलता मानिर्भर हुने र यसका लागि तालिमले सफल कुखुरा पालन उद्यमी बन्नका लागि सहयोग गर्ने बताउनु भयो ।

सभेद चिल्ड्रेनको आर्थिक सहयोगमापाँचतारा युवा संरक्षक मञ्चजाजरकोटद्धारा संचालित एकिकृत परियोजना र आर.आर.एन.÷समुदायिक विकास कार्यक्रमको संयूक्त आयोजनाम तालिम सञ्चालन भएको आयोजकले बताएको छ । उद्घाटनमा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेज विक्रम शाह, सेभ द चिल्ड्रेनका परियोजना संयोजक मनोज कुमार सुनुवार, उद्योग बाणिज्य संघ जाजरकोटका सदस्य हरि थापा, पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निर्देशक छवि पन्त, पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक प्रविन नेपाली र सामुदायिक विकास कार्यक्रमका जिविकोपार्जन तथा स्थानियशासन अधिकृत उपेन्द्र रावल लगाएतको उपस्थिति रहेको थियो ।


ताजा समाचार