Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

उप–मेयर छात्रा क्रिकेट प्रतियोगितामा ग्रिनपिस र जनज्योती बिजयी

बाँके । कोहलपुरमा जारि प्रथम मा.वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ग्रिनपिस मा.वि. बिजयी भएको छ ।

प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको ग्रिनपिसले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । ग्रिनपिसकालागि हिरा आर.सी. ले २९, लभ्ली विष्टले १७, सलिना के.सीले ११ र रचना रानाले १० रन जोडेका थिए भने ग्रिनपिसलाई ५६ रन अतिरिक्त प्राप्त भएको थियो । ग्रिनपिसका खेलाडीहरुको रोक्ने क्रममा कृष्ण माविका बलरहरु सन्जु शाहाले २, झरना वि.सी र तारा शार्कीले समान १/१ विकेट लिएका थिए ।

१ सय ४४ रनको बिजयी लक्ष्य पछ्याएको कृष्ण माविका खेलाडीहरु सस्तैमा समेटिएका थिए । ग्रिनपिसका खेलाडीहरुको आक्रामक बलिङका अगाडी कृष्ण मा.वि. का खेलाडीहरु टिक्न सकेनन् । निर्धारित १५ ओभरमा अतिरिक्त २५ रनको बलमा ६५ रन मात्र जोडेको कृष्ण मा.वि.को ब्याटिङ लाईन कमजोर देखिएको थियो । कृष्ण मा.विका लागि सुशिला थारुले सर्वाधिक ३३ रन जोड्दा रिता मल्ल र सन्जु शाहीले समान ११÷११ रन जोडेका थिए । यद्यपी अन्य अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । कृष्ण मा.वि. लाई सस्तैमा समेट्ने क्रममा ग्रिनपिसका खेलाडी सलिना के.सीले ३ विकेट लिएकी थिईन ।

खेलको प्लेयर अफ द म्याच ११ रन जोड्दै ३ विकेट लिन सफल ग्रिनपिसकी छात्रा सलिना के.सी घोषित भइन् ।

त्यसैगरी मंगलबार नै सम्पन्न दोस्रो खेलमा जनज्योती मा.वि. बिजयी भएको छ । तक्षशिला एकेडेमीबिरुद्ध मैदानमा उत्रिएको जनज्योतीले पहिलो पारी खेल्दै १ सय ३८ रनको स्कोर खडा गरेको थियो । जसका लागि समिक्षा वि.क. ले ४४ र जुना वि.क.ले ३८ रन जोडेका थिए । निर्मला बस्नेतले १८ रनको योगफल तयार पर्दा जनज्योतीले थप ३० अतिरिक्त रन प्राप्त गरेको थियो । जनज्योतीलाई रोक्ने क्रममा तक्षशिलाका खेलाडीहरुले ४ विकेट लिएका थिए ।

१ सय ३८ रनको ठुलो लक्ष्य पछ्याएको तक्षशिलाका खलाडीहरु मंगलबार भने जम्न सकेनन् । ठुलो स्कोर पछ्याउने क्रममा सुरुवाती खेलाडीहरु सस्तैमा समेटीएपछि तक्षशिलाको ब्याटिङलाईन धर्मराएको थियो । बिचमा आएका खेलाडीहरु बिपाशा कंडेल (१४), लक्ष्मी अधिकारी (१२) र मोनिका घर्ती मगर (१०) ले खेलमा केही सुधार ल्याएपनि अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । पुरा १५ ओभर खेलीसक्दा तक्षशिलाले ७ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सफल भयो । तक्षशिलालाई सस्तैमा रोक्ने क्रममा जनज्योतीका बलरहरु निर्मला बस्नेत, बालकुमारी सिंह र सुमन शाहीले समान १/१ विकेट लिएका थिए । तक्षशिलाको ब्याटिङलाईन धाराशायी बनाउँदै जनज्योतीले ४२ रनले जित निकाल्न सफल भएको थियो ।

उक्त खेलमा जनज्योतीकी खेलाडी निर्मला बस्नेत प्लेयर अफ द म्याच घोषित भईन ।

आगामी असार ३ गतेसम्म संचालन हुने प्रथम उप–मेयर छात्रा क्रिकेट प्रतियोगितामा भोली (बुधबार) त्रिभुवन मा.वि. र सरस्वती मावि बिच पहिलो खेल हुने छ भने दोस्रो खेलमा रामजानकी मा.वि. ले लक्ष्मी मा.विसँग प्रतिस्प्रर्धा गर्ने छ ।


ताजा समाचार