Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

जाजरकोट प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरी काजिवारा लायन्स फाइनल प्रवेश

जाजरकोट, २८ जेठ । जाजरकोट प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरी काजिवारा लायन्स फाइनल प्रवेश गरेको छ । सोमबार भएको छैठौँ खेलमा काजीवारा लायन्स १ विकेटले विजयी भएको थियो । उक्त खेलमा काजिवाराले रोयल दरबारलाई १ विकेटले पराजित गरी फाइनल प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङ्ग गरेको रोयल दरबार निर्धारित २० ओभर खेलेर ७ विकेटको नोक्सानीमा १५९ रनमा समेटियो । जसमा रोयल दरबारका कप्तान मबिन जंग शाहले अविजित ५२ र सविन भँडेलले २९ रन जोडेका थिए । काजिवाराका बलर प्रकाश बिसीले सर्वाधिक ४ विकेट हात पारे । यस्तै अभिषेक भण्डारी र ऋतिक जंग शाहले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ्गमा उत्रेको काजिवाराले १८ ओभरमै ९ विकेटको क्षतिमा लक्ष्य पुरा गरी जित आफ्नो पोल्टामा पा¥यो । जसमा कप्तान अनिष कुमार कार्कीले ३९, प्रकाश बि.सी.ले ३८ रनको योगदान गरेका थिए । खेलको म्यान अफ द म्याच प्रकाश विसी चुनिए ।

यस्तै प्रतियोगिताको अन्तिम खेल भाेलि काजिवारा लायन्स र नेवार वारियर्सबीच हुने जाजरकोट युवा क्रिकेट क्लवका अध्यक्ष अनिष कुमार कार्कीले जानकारी दिए ।


ताजा समाचार