Loading... आजः शनिबार, कार्तिक ८, २०७७

शिवालयमा आधारभुत पत्रकारीता तालिम सम्पन्न


जाजरकोट । शिवालय गाउँपालिकामा आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा दुई दिने आधारभुत पत्रकारीता तालिम गाउँपालिकाको कार्यलयमा सम्पन्न भएको हो । पत्रकार महासंघ जाजरकोटको संयोजनमा शुक्रावार र शनिवार संचालित तालिममा नौ वटै वडाका २० जनाको सहभागीता रहेको थियो ।

तालिम प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा जिल्लाका अग्रज पत्रकार विर वहादुर गिरी र पत्रकार रामचन्द्र घर्तीले प्रशिक्षण दिएका थिए । संचारकर्मीहरुको उत्पादन गरी गाउँपालिकालाई सुचनाको पहुँचमा पुर्याउन तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीको भनाई छ ।

 


ताजा समाचार