Loading... आजः बिहिबार, मंसिर १६, २०७८

दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

जाजरकोट ,२८जेठ । जाजरकोटकाे छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुँन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा २ जना अनमीको दरवन्दी हुनुपर्ने भएपनि हाल १ बटा मात्र दरबन्दी रहेको छ ।

सो दरबन्दीमा कार्यरत अनमी अविसरा शाहीलाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । अस्थायी रुपमा काम गदै आउनु भएकी अनमी प्रतिभा थापा पढाईका लागि बिदामा बस्नु भएको दशेरा स्वास्थ्य चौकीका प्रमुख रामवहादुर थापाले जानकारी दिनुभयो ।

जेठ २३ गते देखि अहिले सम्मा दशेरामा अनमी बिहिन भएकाले बर्थिङ सेन्टर बन्द हुन पुगेको हो । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा २ जना अनिवार्य अनमीको दरबन्दी हुनुपर्ने भएपनि अहिले स्वास्थ्य चौकी अनमी बिहिन भएको छ । पटक , पटक अनमीको दरबन्दी थप गर्न मन्त्रालय , विभागमा माग गरेपनि सुनुवाई नभएको प्रमुख थापाले बताउनुभयो ।

स्वास्थ्य संस्थामा सुत्केरी हुँन आउँने महिलाहरु अहिले सेवा नपाउँदा मर्कामा परेको छेडागाड नगरपालिका दशेराकी प्रेमकला अधिकारीले बताउनुभयो । छेडागाड नगरपालिकाका प्रशाषकीय प्रमुख सर्वदल शाहीले यो बारेमा वुझेर समस्या समाधान गर्ने बताउनुभयो ।

अहिले स्वास्थ्य कर्मीको सरुवा , काजमा पठाउँने जिम्मा स्थानीय सरकारलाई नै दिईएको छ । जाजरकोटका ७ बटा तहमा यहाँका सवै स्वास्थ्य संस्थाहरु हस्तान्तरण भईसकेका छन् ।

 


ताजा समाचार