Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

भेरी नगरपालिकाको सफल्ता : वस्तु तथा सेवा प्रति ९२ प्रतिसत सेवाग्राही सन्तुस्ट


जाजरकोट । भेरी नगरपालिकाले प्रदान गरेको वस्तु तथा सेवा प्रति ९२ प्रतिसत नगरवासी सन्तुस्ट रहेको एक अध्ययनले देखाएको छ । बिभिन्नि प्रश्नवाली तयार पारी नगरपालिकाको कार्यालयमा पुगेका सेवाग्राहीमा गरिएको अध्ययनले ९२ प्रतिसत नगरवासी सन्तुस्ट भएको देखाएको हो । नगरपालिकाको कार्यालय पुगेका एक सय एक जना सेवाग्राहीमा नगरपालिकाले दिएको सेवाप्रति सन्तुस्ट हुनुहुन्छ की हुनुहुन्न ? कर्मचारीले दिएको सेवा कस्तो लाग्यो ? जस्ता १० वटा प्रश्नहरु सोधिएको थियो ।

जसमा नगरपालिकाले दिएको सेवाप्रति सन्तुस्ट छु भनी ९२ प्रतिसत सेवाग्रहीले जवाफ दिएका छन् । भने सन्तुस्ट छैन भनी ८ जना जवाफ दिएका छन् । त्यस्तै कर्मचारीले दिने सेवा कस्तो लाग्छ भन्ने प्रश्नमा ९९ प्रतिसत सेवाग्राही सन्तुस्ट रहेको उक्त अध्ययनले देखाएको छ । कर्मचारीले दिने सेवा राम्रो लाग्छ भनी ४३ प्रतिसतले जवाफ दिएका छन् भने ठिकै लाग्छ भनि ५६ प्रतिसत सेवाग्राहीले जवाफ दिएका छन् । नराम्रो लाग्छ भनी जवाफ दीने एक प्रतिसत मात्र रहेका छन् ।

त्यस्तै सेवा प्रदायक निकायमा सेवाग्राहीको काम भयोकी भएन भन्ने प्रश्नमा ९० प्रतिसतले भयो भनी जवाफ दिएका छन् । १० प्रतिसतले भएन भन्ने जवाफ दिएका छन् । नगरपालिकाको कार्यालयमा टाँसिएको नागरीक वडापत्र हेर्नु हुन्छ, थाह छ ? भन्ने प्रश्नमा ६३ प्रतिसत सेवाग्राहीले हेर्छु, थाह छ भन्ने जवाफ दिएका छन् । ३७ प्रतिसतले हेर्दिन, थाह छैन भनि जवाफ दिएका छन् ।

त्यस्तै तपाँइका नगरपालिका प्रति केही गुणासा, समस्या, सुझाव छन् ? भनि सोदिएको प्रश्नमा २० प्रतिसतले छन भन्ने ८० प्रतिसतले छैनन् भनि जवाफ दिएका छन् । तर योजना तथा बजेट बारे जानकारी नहुनेको संख्या पनि कमि नभएको प्रतिवेदनमा उल्यख छ ।

नगर प्रमुख चन्द्र प्रकाश घर्तीले सुन्दर र समृद्ध नगरबनाउन नागरिकको जनचाहान अनुसारका कामहरु अगाडी बढेको प्रतिक्रिया दिएका छन् । नगरपालिकाबाट प्रदान गरिने सम्पुर्ण वस्तु तथा सेवाहरु कुनै पनि किसिमको कमि हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

असल शासन क्लव जिल्ला समन्वय समिति जाजरकोले भेरी नगरपालिकाको कार्यलयमा बिभिन्न कामको सेवा लिन गएका एक सय एक जना सेवाग्राहीमा अध्ययन गरि आइतवार प्रतिवेदन सार्वजनीक गरेको हो ।


ताजा समाचार