Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

नगरपालिकाले प्रदान गर्ने वस्तु तथा सेवाको गुणस्तर वृद्धिका लागि सार्वजानिक सुनुवाई


जाजरकोट । भेरी नगरपालिकाद्धारा प्रदान गरिएका वस्तु तथा सेवाको गुणस्तर वृद्धिका लागि सार्वजानिक सुनुवाई साम्पन्न भएको छ । अशलसासन क्लव जिल्ला समन्वयस समिति जाजरकोटको सहजिकरणमा भेरी नगरपालिकाले सार्वजानिक सुनुवाई सम्पन्न गरेको हो । आइतवार सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाईमा नगरापालिकाका एक देखि छ वटा वडाका स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा नगरपालिकाले प्रदान गरेको वस्तु तथा सेवाको वारेमा सेवाग्राहीले सम्बन्धित सरोकारवाला जवाफदेही बक्तालाई आफ्नो जिज्ञासा राखेका थिए । सार्वजानिक सुनुवाईमा जवाफदेही वक्ताको रुपमा नगर उपप्रमुख भावना भण्डारी, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज वेल्वासे र १ देखि ६ नम्बर वडाका अध्यक्षहरु रहेका थिए ।

कार्यक्रममा सहभागिहरुले पर्याप्त मात्रामा कर्मचारी व्यवस्थापन नहुदा पनि नगरापालिकाले दिने सोवमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनिहरुले आगमि बर्षमा योजना छनौट गर्दा टुक्रे योजना भन्दा पनि दिर्घकालिन महत्वको योजना छनौट गर्न सुझाव दिएका छन् । नगरपालिका भित्र देखिने खालको दिर्घकालिन महत्वका योजना छनौट गरि संचालन गर्नु पर्ने सहभागि अमर सिहं राठौरले बताए । त्यस्तै योजना अनुगमन लाई तिव्रता दिनु पर्ने उनिहरुले बताएका छन् ।

कार्यक्रममा भेरी नगरपालिकाद्धारा प्रदान गरिने वस्तु तथा सेवाको प्रभावकारीताको लागि पाँच वटा साझा सार्वजानीक प्रतिवद्धता समेत गरिएको छ । ति प्रतिवद्धतामा जवाफदेही वक्ताहरुले हस्ताक्षर गरेका छन् ।

साझा सार्वजानिक प्रतिविद्धताहरु

१.नगरक्षेत्रमा संचालन भएका उद्योग तथा पसलका समानहरु सडकमा राख्ने कार्यको अन्त्यको लागि आगमि आर्थिक बर्षको साउन १ गते देखि त्यस्ता सामग्रीहरु हटाउन नगरपालिकाले आवश्य पहल गर्ने ।

२.यस नगर क्षेत्रमा विपत व्यावस्थापन तथा प्रकोप नियन्त्रणका लागि आवश्य रणनिति तथा निति नियम वनाई अगाडी बढ्ने बिषयमा नगर कार्यपालिकाको बैठकममा जानकारी गराई अगाडी बढ्ने ।

३.नगर क्षेत्रका भौतिक पुर्वाधार अन्तरगत भवन आचारसंहिता आगमि आर्थिक बर्षदेखि लागु गर्ने गरी नियम बनाई अगाडी बढ्ने साझा प्रतिवद्धता गरियो । साथै आगमि आ.ब देखि टोल बिकास संस्था गठन गरी अगाडी बढ्ने कार्यका लागि आवश्यक निति बनाउने ।

४. नगरपालिका बिषेश कार्यक्रम आगमि आ.ब देखि कम्तिमा चार वटालाई तोकेर बिषेश ढंगबाट अगाडि बढाउने र भेरी नगरपालिकाले बिशेष बर्षकारुपमा अगाडी बढाउने वातावरण वनाउने आगमि नगरसभामा प्रस्ताव लैजाने ।

५. नगरक्षेत्रमा हुने विकास निर्माणका काममा अन्तर समन्वय गर्ने कार्यको नेतृत्वदायी भुमिका खेल्न नगरकार्यपालिकाले आवश्यक भुमिका निर्वाह गर्ने प्रतिवद्धता गरियो ।।

 


ताजा समाचार