Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

दुर्गन्धित दुनैबजार,अभियान्ता कार्यालयलाई जिस्काउँदै

डोल्पा २७ जेठ- पर्यटकिय गन्तब्यको रुपमा चिनिएको दुनैबजारमा फोहोरले दुर्गन्धित बन्दै गएको छ । दुनै बजारमा जताततै फोहोर बड्न थालेपछि सदरमुकाम दुनै बजारको सरसफाईकालागि जनप्रतिनिधि र सरोकारवालाहरुको चासो बडेको छ । बस्तीहरु बाग्लिएसँगै बजारमा फोहोरमैला बड्न थालेपछि जनप्रतिनिधि र सरोकारवाला तातिएकाहुन् ।

सरसफाइ सप्ताहका अवसरमा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु सक्रियताका साथ सरसफाइ अभियानमा लागेपछि अभियान सफल पार्न तथा स्थानीयलाइ जागरुक गर्दै आफै अभियानमा निष्किएको ठुलीभेरी नगरपालिका वडा ३ का अध्यक्ष अर्न बहादुर न्यौपानेले बताए ।

घरआगन सफा र स्वच्छ राखौ भन्ने जनचेतना फैलाउदै जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले सरसफाइ सप्ताहलाइ बिशेष जोड दिएको निमित्त सव डिभिजन प्रमुख केबलकुमार खत्तिवडाले बताए । उनले भने “गैर सरकारी कार्यालयहरुको निकै ठुलो सहयोग छ,तर यस पटक वडाका जनप्रतिनिधिनै सक्रिय भएपछि अझै प्रभाबकारी हुने आसामा छौ ।”

अभियानको क्रममा सरसफाइ मात्रै नगरेर बजारको नियमित सरसफाईकालागि स्थानीय आफै सक्रिय हुनु पर्ने बातावरणिय कृषि तथा बिकास केन्द्र (केड) थिम कोर्डिनेटर धारणा बुढाथोकीले बताईन् । बेला बखतका सरसफाई अभियान सँगै घरआगन सफा,स्वच्छ राख्नु पर्छ भन्ने कुराको जनचेतना स्थानीयमाझमा पु¥याउन सरकारी तथा गैह्र सरकारी सघंसस्थाले बिशेष भुमिका खेल्नु पर्ने उनको भनाई छ ।

प्रत्येक दिन घरबाट निष्कने फोहोर ब्यवस्थापन गर्न नसकेपछि दुनै बजार फोहोर देखिएको हो ।घर,होटेल तथा पसलबाट निष्कने फोहोर ब्यवस्थापनका लागि डम्पीङ साईडको ब्यवस्था गरे पश्चात मात्रै दुनै बजार स्वच्छ सफाहुने नगारिक अगुबा योगेन्द्र बुढाले बताए ।“फोहोर जम्मा गरेर फाल्ने कुनै ठाउनै नभए पछि जताततै फोहोर बढ्न थालेको छ,फोहोर संकलन तथा ब्यवस्थापन केन्द्रको ब्यवस्था नगरे दैनिक सफा गरेर कुनै उपलब्धी हुँदैन दैनिक निस्केने फोहोरको ब्यबस्थापनकालागि नगरले डम्पिङ साईडको ब्यबस्थापन गर्नुपर्ने देखिन्छ” बुढाले भने ।

हरेक क्षेत्रमा सुधार हुनको लागि स्थानीयको महत्वपूरर्ण भुमिका हुने भएकोले स्थानीय नै जागरुक हुनु पर्ने नेपाल रेडक्रस सोसाइटिका जिल्ला संयोजक टेकम ओलीले दावी गरे ।सदरमुकामका स्थानीयले त सरसफाइ अभियानमा गएका टोलिलाइ मेरो घरको यता पट्टि फोहोर धेरै छ भनेर सिकाउदै तिमिहरुको काम हो फोहोर उठाउ भनेर उल्टै गालि गर्छन,यो “सरसफाई सम्बन्धि चेतना नहुँनुको पराकाष्ठ हो,अब यस किसिमको स्थानीयको सोच परिवर्ततन गर्न जरुरी हुन्छ वलीले भने,स्थानीय जागरुप नभएसम्म स्वच्छ सफा दुनै बजारको परिकल्पना सम्भव छैन् । यसरी पर्यटकिय गन्तब्य दुनैबजारमा फोहोर बड्न थालेपछि लामोसमय देखि जिल्लामा सरसफाई अभियानमा संलग्न सरकारी तथा गैह्र सरकारी कार्यालयको खिल्लि उडाईरहेको सरोकारवालाको भनाई छ ।


ताजा समाचार