Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

लगातार दोस्रो जितसँगै काजिवारा फाइनलमा प्रवेश


जाजरकोट, २६ जेठः जाजरकोट प्रिमियर लिगमा लगातार दुई खेल जितेर काजिवारा लायन्स फाइनल प्रवेश गरेको छ । शनिबार भएको चौथो खेलमा काजिवारा लायन्सले योङ्ग गन्स मालिकालाई ५ विकेटले हराएर फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ्ग रोजेको योङ्ग गन्सका बिशाल शाहीले ३२ बलमा सर्वाधिक ४१ रनको योगदान दिएका थिए । यस्तै बिबस बिक्रम शाहले २४ बलमा ३१ रन, नारायण भँडेलले ३८ रन, भक्त शाहले ३७ रन जोडे । पुरै २० ओभर खेलेको योङ्ग गन्सले ५ विकेट गुमाएर १८१ रनको लक्ष्य दिएको थियो ।

काजिवाराका बलर सञ्जिव श्रेष्ठले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै कप्तान अनिष कार्कीले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका थिए । साथै प्रकाश क्षेत्री र अभिषेक भण्डारीले समान १÷१ विकेट हात पारेका थिए ।
साथै जवाफी ब्याटिङ्गमा उत्रेको काजिवाराले १३ ओभरमै ५ विकेटको क्षतिमा १८१ रन प्राप्त गरी विजयी भयो । जसमा सौगात कार्कीले २७ बलमा सर्वाधिक ७१ रन प्रहार गरी टिमलाई जिताउन महत्वपूर्ण योगदान गरे । साथै कुशल कार्कीले १९ बलमा २९ रन, अभिषेक भण्डारी र रितिक जंग शाहले समान १५÷१५ रन जोडेका थिए ।

योङ्ग गन्सका बलर नारायण भँडेलले सर्वाधिक ३ विकेट, बिनोद शाही र विशाल शाहीले समान १÷१ विकेट हात पारेका थिए । काजिवारा लायसन्सका उपकप्तान सौगात कार्की प्लेयर अफ द म्याच घोषित भए । यस्तै आइतबारको खेल योग गन्स र नेवार वारियर्सबिच हुनेछ ।


ताजा समाचार