Loading... आजः बुधबार, कार्तिक ५, २०७७

जाजरकोटमा अवैध घरेलु मदिरा बरामद


जाजरकोट,२६ जेठ । जाजरकोटमा शनिवार अबैध घरेलु मदिरा बरामद गरिएको छ । जिल्ला प्रहरि कार्यालय जाजरकोट बाट खटिएको बिशेष गस्ती टोलीले भेरी नगरपालिका वडा नं। २ पुरानो रिसाङ र दुलेगाँउमा अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाडा समेत बरामद गरिएको जिल्ला प्रहरि कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारि दिए ।

उहाका अनुसार चेकजाँचको क्रममा बरामद गरी नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा ९रक्सी० बनाउने रसायन र घरेलु मदिरा ९रक्सी० बनाउने भाँडा सेट मालिका सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, आमा समूह, बुद्धिजिबी समाजसेवी समेतको उपस्थितीमा उक्त स्थानमै अवैध घरेलु मदिरा ९रक्सी० बनाउने रसायन नष्ट गरिएको जानकारि दिए ।

अवैध घरेलु मदिरा ९रक्सी० बनाउने रसायन – ३०० लिटर समेत नियन्तरण गरिएको जिल्ला प्रहरि कार्यालय जाजरकोटले जानकारि दिएको छ । ।साथै घरेलु मदिरा ९रक्सी० बनाउने भाँडा १४ थान सेट हाल जिल्ला प्रहरि कार्यालयमा सुरक्षित तवरले ल्याइएको समेत सिहंले जानकारि दिए । जिल्लाम दैनिक लागु औषध तथा मदिरा सेवन गर्नाले धेरै धनजनको छेतिहुने भएकोले हाल यो अभियान जारि गरिएको समेत उपरिषक सिंहले भनाइ रहेको छ ।


ताजा समाचार