Loading... आजः आइतवार, कार्तिक ९, २०७७

जाजरकोटको कुशे गाउँपालिकाको प्रशासनिक भबन निर्माण कार्य सुरु ।


जाजरकोट,२५जेठ । जाजरकोटको कुशे गाउँपालिकाको भवन निर्माणकार्य सुरु भएको छ । गाउँपालिका अन्तरगतका सबै बिषयगत कार्यालयलाई केन्द्रित गरि नागरिक सेवालाई जनमुखी बनाउन कुशे गाउँपालिका केन्द्रिकृत भवन निर्माण सुरु गरिएको । कुशे गाउँपालिकाको गाउँ सभाले कुशे गाउँपालिको प्रशासनिक केन्द्र भार्मामा तोकेपछि एकीकृत रुपमा भवन निर्माण कार्य सुरु गरिएको कुशे गाउँपालिकाका अध्यक्ष हरि चन्द्र बस्नेतले जानकारि दिए ।

गाउँपालिका, कृषि, भेटनरी, शिक्षा, स्वास्थ्य, माल, नापी, बैंक र गाउँ प्रहरी लगाएतका बिषयगत कार्यालय तत्काल सञ्चालन गरि नागरिक सेवालाई जनमुखी वनाउन केन्द्रिकृत भवन निर्माण गर्न लागिएको अध्यक्ष बस्नेतको दावी छ । गाउँपालिकाको झण्डै १ करोड ५० लाख बराबरको रकममा बन्न लागेका ६ वटा भवनको निर्माण कार्य पुरा हुन वित्तिकै गाउँपालिकावाट दिईने सबै सेवाहरु प्रशासनिक केन्द्र भार्मावाटै दिन सुरु गरिने अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

 
अध्यक्ष बस्नेतका अनुसार निर्माण कार्य भईरहेका भवनको काम यसै आर्थिक बर्षमा सम्पन्न गरिने बताए । निर्माणको कामलाई सहज बनाउनका लागि उपभोक्ता समिति मार्फत भवन निर्माण भईरहेको अध्यक्ष बस्नेतले जानकारी दिए । ६ वटा भवन निर्माणका लागि ३ वटा उपभोक्त समिति मार्फत काम गराई रहेका छौं अध्यक्ष बस्नेतले भने–‘वडा नं. १, २ र ३ को एउटा उपभोक्ता समिति बनेको छ, जसको अध्यक्ष घनस्याम सिंह छन भने, वडा नं. ४, ५ र ६ को अर्को उपभोक्ता समितिको अध्यक्षमा निमबहादुर रोकाय वडा नं. ७, ८ र ९ को अर्को उपभोक्ता समितिमा अध्यक्ष मोतीराम गौतम लगाएतको समितिले काम सञ्चालनमा ल्याएको अध्यक्ष बस्नेतले जानकारि दिए ।

आर्थिक २०७४÷०७५ मा भवन निर्माणको काम सम्पन्न गरि आगामी भदौ १ गते देखि गाउँपालिकाको कार्यालय भार्मामा स्थापना गरि गाउँपालिकाका सबै सेवाहरु भार्मावाटै दिने अध्यक्ष बस्नेतले वताएका छन् ।गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा रहने भएपछि भार्मा निबासीहरु निकै उत्साहित भएका छन् ।


ताजा समाचार