जाजरकोटमा हेयर कटिङ्ग तालिम सम्पन्न
जाजरकोट २५ जेठ। जाजरकोटको सदरमुकाम खलंगाम बिहिवार हेयर कटिङ्गतालिम सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित एकिकृत परियोजना अन्र्तगत बाल कल्याणका लागि जिविकोपार्जन तथा पोषण परियोजनाको आर्थिक सहयोगमा तथा मनकामना तालिम सिप विकास संस्थानको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको चिल्ड्रेनका परियोजना संयोजक मोहम्मद कैयुमलले जानकारि दिए । तालिममा अछाम, कालीकोट, दैलेख, सल्यान, रुकुम र जाजरकोटबाट १३ जनाको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुले भने यसै गरि तालिम प्रशिक्षक उदाम नेपाली आफुले तीनचारओटा तालीममा सहजीकरण गरिसकेको र आफ्नो प्रशिक्षण अवधिमा सबै भन्दा लगनशिल, मेहनेती र इमानदार सहभागीहरु यसपटक पाएको बताइन ।
सेभ द चिल्ड्रेनका परियोजना संयोजक कैयुमका अनुसार देशमा रहेको युवाहरुको बेरोजगारी कमील्याउन र सबै युवाहरुलाई रोजगार बनाई गरिबी न्युनीकरणमा कमील्याउने उद्देश्यले तालिमको आयोजना गरिको सहभागीहरुल लगनशिलताले उद्देश्य पुरा हुने बताए । सेभ द चिल्ड्रेनको केन्द्र विन्दु बालबालिका रहेको र यी सबै क्रियाकलापहरुबाट बालबालीकाहरुको शिक्षा, स्वास्थ्य, पोषण र विकासमा सहयोग पु¥याउने ुख्यलक्ष्य भएकोले यस्ता सिप बिकास तालिम हरुको आयोजना गरिएको समेत संयोजक कैयुमले जानकारि दिए ।
सेभ द चिल्ड्रेनका जाजरकोटका परियोजना संयोजक मनोज कुमार सुनुवारले आफुले सिकेको सिपको सदुपोग गर्न र सफल उद्यमी बन्नका लागि यो एउटा अवसर रहेको बताए । तालिमका लागि लाग्ने अवसरको लागि आवश्यक सयोग प्रदानगर्न एकिकृत परियोजना हरदमतयार रहेको सुनुवारले बताए । यस्तै पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निदेर्शक छवि पन्तले मेहनत, लगशिलता र दृढ विश्वासका साथकुनै पनिकार्य थालनी गरियो भने असम्भव प्रायशुन्य हुन्छ भन्दै यस्ता तालिमलाइ नियमित दिएर सबै लाइ स्वरोजगार बन्न आग्रह गरे ।
साथै तालिममा हभागी भएका युवाहरुको सिप परिक्षण २०७५ असार १० गते जाजरकोटमा नै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद बाट संचालन हुने हेयर कटिङ्ग व्यवसाय गर्नका लागि न्यूनतम आवश्यक पर्ने सामग्रीहरु समेत परियोजना बाट प्रदानगरिने परियोजना संयोजक प्रविन नेपालीले जानकारि दिए । जाजरकोट जिल्लाबाट सहभागी भएका ३ जना लाई आजै सामग्री वितरण गरिएको अन्य सहभागीहरुले सम्बन्धित जिल्ला बाट सामाग्री पाउने नेपालीले जानकारि दिए ।
कार्यक्रम सेभ द चिल्ड्रेनका परियोजना संयोजक मोहम्मद कैयुम, मनोज कुमार सुनुवार, पाँचातारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यकारी निर्देशक छवि पन्त, उद्योग वाणिज्य संघ जाजरकोटका महासचिव इश्वरी वहादुर खत्री, पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक प्रविन नेपाली, अन्जु भटराई लगायतको उपस्थिति रहेको थियो । तालिम चैत्र २५ गते देखि सुरु भएको थियो ।