कर्ण खत्री” बिकल्प” जाजरकोटीका गजलहरु
१.
म चुपचाप बसिरहे आज उनको , पालो थियो
आशु रोकिएनन् घाउ अल्ली , आलो थीयो
उनि कुसस्कारी हरुको बादल मा मरॉडीदै थिए
लाग्छ त्यहा बिभेदकारीहरुको ,जालो थियो
आकाश तारा र ऑखा मा ऑशु टिल टिल गर्थे
त्यहॉ उनको बोली र त्यो , रात कालो थियो
सपनाहरु त रितीदै थिए मनहरु थियनन त्यहॉ
थियो त केबल आशु , पुछ्ने टालो थियो
आसाहरु ओझेल परे जिबन आसु संगै बगाएर हिडे
फ्यॉकी दिए रुमाल , त्यो अब खॉलो थियो
२.
सारा सपना हरु भगाएर हिड्यो
यी ऑखामा मुल जगाएर हिड्यो
ऊस्कै याद ले पोलीरहेको यो मुटुमा
भेट्यो र झन आगो लगाएर हिड्यो
सयौ जुनी साथ दिने बाचा गर्दै डोर्याई
बैमानीले बिच जंगार मै बगाएर हिड्यो
बचाउ भन्दै कती हात दीय फर्केर हेरेन
बस उ सदाको लागी अगाएर हिड्यो
खै कोहो जंघार मा हाम फालेर मरी भन्दै
आखीरमा मलामे हरु बोलायर हीड्यो
३.
आउछ एकाेहोरो नत फिर्ता पठाउन मिल्छ
नत माया डाक्टर लाई जचॉउन मिल्छ
मायामा नी कती संकाहरु हुन्छन यहा
न त सुरर्क्षाका लागी दुत खटॉउन मिल्छ
गजब छ माया न खान नत लाउन मिल्छ
न माया डलर जस्तै काम पर्दा सटाउन मिल्छ
खै कोले कसरी बनायो यो माया को सागर
ऑखा बाट छल्कीदीन्छ न कतै अटॉउन मिल्छ
यो माया नत घटाउन मिल्छ न बढाऊन मिल्छ
नत यो दुध जस्तै चुक हाली फटाउन मिल्छ