Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

गाउँ–गाउँमा पशुको उपचार: किसानहरु हर्सित

जाजरकोट । पशुपालन व्यावसायलाई प्रवद्धन गर्न गाउँ–गाउँमा पशुचौपायको उपचार गरिएको छ । भेरी नगरपालिकाले पशुपालन व्यावसायको सम्भावना भएका गाउँमै गएर पशुचौपाएको उपचार गरेको हो । भेरी नगरपालिका पशुपंक्षि शाखाले यो महिना मात्रै १२ हजार ४ सय बढि पशुपक्षिको निसुल्क उपचार गरेको छ ।

नगरपालिकाको पशुपंक्षि शाखाले जेठ चार गते वडा नम्बर २ को बहुनथान, शोमबार वडा नम्बर ५,६, ७ र ८ नम्बर वडाको स्याउलिबजारमा र मंगलवार वडानम्बर ९ को कालाभुरमा पशुस्वास्थ्य शिविर सम्पन्न गरेको छ । शोमवार स्याउलिबजारमा सम्पन्न बाँजोपन निवारण तथा परिजवि नियान्त्रण पशु शिविरमा ५ हजार १ सय ७५ जना पशुचौपायको उपचार गरिएको छ ।

शिविरमा ८ सय ३७ गाई तथा गोरुको, २ सय ८२ राँगा तथा भैसीको उपचार गरिएको डा. ऋिसि साप्कोटाले जानकारी दिए । त्यस्तै २ हजार ६४ भेडा तथा बाख्राको उपचार गरिएको छ । ४३ जना कुकुरलाई रेबिज बिरुद्धको खोप लगाइएको प्राविधिक तिलक रानाले जानकारी दिए । त्यस्तै १९ सय ५० वटा लोकल कुखुराको उपचार भएको प्राविधिक रानाले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ९ को कालाभुरमा भएको निशुल्क पशु शिविरमा ३ हजार ७ सय ५६ जना पशुचौपायको उपचार गरिएको छ । उक्त शिविरमा ७ सय ५३ गाई गोरु, १ सय ७८ वटा राँगा भैसिको उपचार गरिएको नयव प्राविधिक भिम प्रकाश के.सिले जानकारी दिए । त्यस्तै १५ सय ६ वटा भेडा तथा बाख्रा, ८ वटा घोडा खच्चडको उपाचार भएको उनले जानकारी दिए । शिविरमै १२ सय ८० कुखुराको उपचारा भएको छ । ३१ वटा कुकुरलाई रविज विरुद्धको खोप लगाइएको प्राविधिक तिलक रानाले जानकारी दिए ।

भेरी नगरपालिकाले पशुपालक कृषकहरुलाई मध्यनजर गर्दै गउँ घरमै गएर पशुचोपायको उपचार गर्दै आएपछि किसानहरु खुसि भएका छन् । आगमि दिनमा यस्ता कृषकहरुको प्रोत्साह गरिने कार्यक्रम ल्याउने नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।


ताजा समाचार