Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

जेपीएल क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा याेङ गनद्वारा राेयल दरबार पराजित

जाजरकाेट ।  जाजरकाेटमा जाजरकाेट प्रिमियर लिग जेपीएल क्रिकेट प्रतियोगिता अाजबाट शुरु भएको छ ।

जाजरकाेट युथ क्रिकेट क्लबकाे अायाेजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा याेङ गनले राेयल दरबारलाई १ सय ४२ रनकाे विशाल अन्तरले पराजित गर्याे । टस जितेर पहिले ब्याटिङ गरेकाे याेङ गनले निर्धारित २० अाेभर खेल्दै २ सय २३ रन बनायाे ।

२ सय २४ रनकाे विजयी लक्ष पाएर मैदान उत्रिएकाे राेयल दरबार मात्र ८१ रनमा समेटियाे ।

याेङ गनलाई जिताउने क्रममा ७२ रन बनाउदै र बलिङमा पनि १ विकेट लिएका युनिस बिक्रम सिह प्लेयर अफ द म्याच घाेषीत भए ।

४ वटा टिमको सहभागिता रहेको छ उक्त प्रतियाेगिता जेठ २७ गते सम्म चल्ने र विजयी हुनेले २० हजार पाउने अायाेजकले जनाएकाे छ ।

प्रतियाेगिताकाे दाेस्राे खेल बिहिबार काजिबारा लायन्स र नेवार वारिअर्स बिच हुने छ ।


ताजा समाचार