Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

नेता ठेकेदार भएपनि काम नगर्नेलाइ कारवाही गर्छुः गृहमन्त्री थापा

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने जोसुकै ठेकेदार भएपनि कारवाही गरिने बताएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उपत्यकामा ५ सय वटा परियोजनामध्ये ३ सय योजना अलपत्र भएको बताउँदै नेता ठेकेदार, कार्यकर्ता ठेकेदार र नेताको संरक्षणमा रहेका ठेकेदार जो भएपनि कानूनी दायरामा ल्याइने बताए।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई घर भाडामा दिने शारदा प्रसाद अधिकारीले काठमाडौंमा रहेका सडकको ठेक्का समयमै नसकेको प्रश्नको जवाफ दिँदै भने– ‘जसले पनि कानूनको पालना गर्नुपर्छ, बेइमानीमाथि कारवाही हुन्छ।’

अन्नपुर्ण पाेष्टबाट


ताजा समाचार