Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

कर्णालीमा सिप र श्रमको लागि बिशेष विद्यालय स्थापना गरिने :मन्त्री रावल


सुर्खेत,२३ जेठ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश स्तरमा श्रम र सिप लागि बिशेष विद्यालय स्थापना गरिने बताएका छन् । श्रमको सम्मान र वेरोजगारी दर घटाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले श्रम र सिप विद्यालय प्रदेश सरकारको पहलमा खोलिने बताएका हुन् । मध्यनेपाल प्राविधिक शिक्षालय सुर्खेतले उद्यम विकास सहजकर्ता अध्ययनरत विद्यार्थीलाई का लागी आयोजना गरेको  आफ्नो व्यवसाय सुरु सुधार गर्नुहोस विषयक १० दीने प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री रावलले यस्तो बताएका हुन् ।

उनले प्रशिक्षार्थीहरुलाई आफुले सिकेका ज्ञानलाई व्यवहारिक रुपमा उतार्न अनुरोध गर्दै प्रदेश सरकारले बेरोजगारी समस्या निदानका लागि प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा सिप र श्रम विद्यालय स्थापना गर्ने नीति लिएको बताए । सरकारको नीति तथा कार्यक्रममा समावेश भएको उक्त विद्यालय निकट भविष्यमा नै स्थापना हुने जानकारी दिए । साथै उनले श्रमको सम्मान गर्ने बानी स्थापीत हुनसके मात्रै देश र व्यक्तिगत जीवनमा आर्थिक समृद्धि सम्भव भएको बताए ।

‘श्रमलाई वर्गिय रुपमा विभाजित गरिन्छ, यो गलत संस्कार हो’ उनले भने, ‘जबसम्म श्रमिकको सम्मान र श्रमलाई व्यवसायिक नजरले हेरिँदैन, तबसम्म देशलाई समृद्धितर्फ लैजाने भन्नु कल्पनामै सिमित हुनेछ ।’ यस्तै, जिल्ला युवा समितिका अध्यक्ष टेकेन्द्रबहादुर बस्नेतले प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले अरुलाई पनि रोजगारी दिनेगरी व्यवसाय थालनी गर्नुपर्ने बताए । उनले पछिल्लो समय सस्तोमा बाहीर श्रम खर्चिनुपरेको तर आफ्नै देशमा श्रमको सम्मान नहुँदा श्रम गर्ने संस्कार स्थापीत नभएको बताए ।


तालिमका प्रशिक्षक तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निर्देशक इश्वरीप्रसाद शर्माले तालिममा सिकेका कुराहरुलाई व्यवसायमा लागु गरेमा सफल भइने बताए । उनले कर्णाली व्यवसाय गर्नको लागि उपयुक्त ठाउँ भएकाले पनि विद्यर्थीहरुलाई आफ्नो ज्ञानको उपयोग नयाँ व्यवसाय स्थापीत गर्नतर्फ गर्नुपर्ने उनको भनाइ थियो । प्रशिक्षणमा रहेका विद्यार्थीहरुले आफुहरुले तालिममा लिएका ज्ञानका आधारमा उत्कृष्ट व्यवसाय गर्ने कोशिस गर्ने बताए ।

प्रशिक्षार्थी दिक्षा पाण्डेले तालिममा जीवनउपयोगी महत्वपूर्ण ज्ञानहरु हासिल गरेकोले व्यवहारिक जीवनमा भरपुर प्रयोग गर्ने बताइन् । शिक्षालयका निर्देशक विनोद लम्सालले शिक्षालयले उत्पादन गरेका प्रशीक्षार्थी हाल सम्म वेरोजगार वस्नु नपरेको वताए । हाल सम्म शिक्षालय वाट सिप सिकेका भाई वहिनीहरु रोजगारी प्राप्त गर्नु भएको छ । यस्ता प्राविधिक तथा सिप म्ुलक तालिम प्राप्त युवाहरुलाई प्रदेशको सवृद्धिमा लगाउन सके रोजगारी सिर्जना हुनुका साथै प्रदेश समेत सवृद्ध वन्न सहयोग पुग्ने उनको भनाई थियो । ्


ताजा समाचार