Loading... आजः शुक्रबार, अशोज १, २०७८

कला, संस्कृति, पर्यटन तथा कृषि उत्पादनको प्रचार प्रसार गर्न प्रथम चौरजहारी महोत्सव (फिचर)


जाजरकोट २३ जेठ । कला, संस्कृति, पर्यटन तथा कृषि उत्पादनको प्रचार प्रसार गर्न प्रथप चौरजहारी कृषि पर्यटन तथा व्यापार महोत्सब सञ्चालन गरिएको छ । पुष्पकाेमल प्रगतिशील युवा जागरण मञ्च ,महाेत्सव मुल समारोह समिति ,सहिद स्मृति कला उत्थान केन्द्र रुकुमको आयोजनामा यही जेठ १८ गते देखि २९ गते सम्म प्रथम चौरजहारी महोत्सव तथा कृषि पर्यटन व्यापार मेलामा बुधवार सम्म २० हजार दर्सक हरुले अवलोकन गरेको महोत्सब मुल समितिका संयोजक बालकृष्ण बुढाथोकीले जानकारी दिए ।

साथै जिल्लाम लुकेर रहेका कला सास्कृतिलाइ जग्रेना गर्ने लुकेर बसेका प्रतिभा लाइ बाहिर ल्याउने उद्देशयले महोत्सबको आयोजना गरिएको समेत संयोजक  बुढाथोकीले जानकारि दिए । रुकुम पश्चिमको आयस्तर अभिबृद्धी गरि स्थानीयको जनजीवनमा समृद्ध समुन्नत ल्याउने परिकल्पना सहित जिल्लाको चौरजहारीमा करिब १ करोडको आर्थिक कारोबार गर्ने समेत आयोजकले जनाएको छ । उक्त महोत्सब १२ दिन सम्म संचालन हुने महोत्सब आयोजकले जनाएको छ ।

जिल्लाम प्रशस्त सम्भावनाहरु रहेता पनि उचित प्रचार प्रसारको अभावले ओझेलमा परेको ‘अब सबैक्षेत्रका सरोकारवाला निकाय तथा व्यक्तिहरु मिलेर यो अभियानलाई साँझा बनाउदै रुकुम लाई समृद्धिको दिशा तर्फ लैजानुपर्ने भएको ले महोत्सबको आयोजना गरिएको आयोजक एलबी कटुवालले  बताए ।’ मेलालाई सफल बनाउन जिल्ला समन्वय समिति, चौरजहारी नगरपालिका लगायतका सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा मेलालाइ सञ्चालन गरिएको प्रथम चौरजहारी कृषि पर्यटन तथा व्यापार महोत्सबका प्रचार प्रचार बिभागका संयोजग ज्ञानु गौतमले जानकारि दिए ।

बाह्र दिनसम्म संचालन हुने मेलामा कम्तीमा ५० हजार दर्शकहरुले अवलोकन गर्ने मेला आयोजक समितिको दाबी रहेको छ । मेलामा स्थानीय उत्पादन, बहुमुल्य पत्थर, घरेलु उत्पादन, फोटो प्रदर्शन, सांस्कृतिक तथा पौराणिक झाँकी, स्थानीय कला र संस्कृति झल्काउने नाँचगानहरुको प्रस्तुती रहनेछ । त्यसैगरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुले भरपुर मनोरन्जन प्रदान गर्नेछन् । राष्ट्रिय कलाकार तथा स्थानिय कलाकार हरुको बेजोट प्रस्तुती रहने महोत्सब आयोजक समितिका संयोजक बालकृष्ण बुढाथोकी बताए ।


ताजा समाचार