Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

दुई दिन देखि छेडा थलह सडक खण्ड अबरुद्ध ।


जाजरकोट ,२३ जेठ । जाजरकोटको शिवालय गाउँपालिका वडा न १ देखि छेडागाड नगरपालिका वडा न ५ थलह सम्म सञ्चालनमा आएको छेडा थलह सडक खण्ड दुई दिन देखि अवरुद भएको छ । सोमवार राति परेको अविरल बर्षाका कारण छेडा थलह सडक खण्डको अबरुद हुदा सयैं यात्रेहरु अलपत्र परेको मध्य पश्चिम यातायात ब्याबसायिक समितिका नवराज शाहीले जानकारि दिए ।

शाहीका अनुसार अविर वर्षाका कारण ठाँउ ठाँउमा पहिरो गएको ले हाल सम्म पनि यातायातका साधन सुचारु हुन नसकेको बताए । उता छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराका अनुसार आफु जिल्ला बाहीर भएको केही समय पहिले अविरल बर्षाका कारण सडक अबरुद भएको जानकारि प्राप्त भएको ले आफनो नगरपालिका भित्र पर्ने सडकमा आज बाटै स्का भेटर (डोजर) लगाएर यात्रु लाइ आवत जावत सहज गराउने बताए । भरखरै मात्र खबर प्राप्त भएकोले तत्काल काम अगाडि बढाउन कर्मचारिलाइ एथलगत अध्ययनमा पठाएको नगर प्रमुख महताराले जानकारि दिए ।

 


ताजा समाचार