Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

रिम्ना जाजरकोट सडक खण्डको कालोपत्रेमा चरम गुणस्तरहिन काम नसकिदै उम्कियो गिट्टी

जाजरकोट २२ जेठ।   रिम्ना जाजरकोट सडक खन्ड अन्तरगत जाजरकोट सदरमुकाम खलंगा वजारमा हुदै गरेको कालोपत्रेको काम नसकिदै उम्किएको छ । निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयको गैरजिम्मेवारीका कारण सदरमुकाम खलंगाको शान्तिचौतारा देखि कालेगाउँ सम्मको ६ किलोमिटर सडकमा गरिएको कालोपत्रमा प्रयोग गरिएका जिरा गिट्टीहरु उम्किएर सडक छेउमा थुप्रिएका छन् । तर यस प्रति कुनै सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय जनताको गुनासो छ ।

स्थानीयवासीले चर्काे विरोध र आलोचना गरे पनि निर्माण व्यावसायी र सडक डिभीजन कार्यालय चौरजहारी रुकुमले कुनै वास्ता गरेका छैनन् । कारवाहि गर्ने निकाय मौन वसिदिदा पनि निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयले गैरजिम्मेवारीपन देखाएको स्थानीयको आरोप छ । कालो पत्रेको जिम्मा राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीले लिएको छ । निकै गैरजिम्मेवार ढंगले गुणस्तरहिन काम भएपनि स्थानीय प्रशासन र नगरपालिकाले कुनै चासो र ध्यान नदिएको स्थानीय प्रवेश आरसीले वताए ।

यति गैरजिम्मेवार काम हुदा पनि कुनै निकायले चासो नदिनु निकै दुखद भएको आरसीले वताए । यो कालोपत्रेको काम हेर्दा लाज लागेर आउछ यो काममा निकै ठुलो अपराध भएको छ तर राज्यका निकाय मौन छन उनले आक्रोस पोख्दै भने । आरसी मात्र होइन अन्य स्थानीयहरु पनि सडक कालोपत्रेमा भएको चरम गुणस्तरहिन कामको विषयमा आक्रोसित वनेका छन् । यस्तै सोमवार प्रमुख जिल्ला अधिकारी समक्ष स्थानीय सरोकारवालाहरुले गुनासो गरेका छन् ।

फोटो: भर्खरै कालोपत्रे गरिएको रिम्ना जाजरकोट सडक खन्ड अन्तरगत थाप्लेचौरमा

सदरमुकामको सडकमा यस्तो गुणस्तरहिन काम हुदा पनि कसैले चासो नलिनु र सडक डिभीजन कार्यालयले पनि गतिलो अनुगमन नगर्नु भनेको हाकाहाकी भ्रष्टाचार भएको भन्दै अख्तियारको प्रतिनिधिको रुपमा केहि कदम चाल्न उनीहरुले प्रमुख जिल्ला अधिकारी ललितवहादुर वस्नेतलाइ आग्रह गरेका छन् । स्थानीय पत्रकार र अन्य सरोकारवालाहरुले प्रमुख जिल्ला अधिकारीलाइ यस्तो आग्रह गरेका हुन् । शान्तिचौतारा देखि कालोगाउँ सम्म कालोपत्रे भएको भनिएपनि सवै स्थानमा जिरा गिटटीहरु उम्किएर सडक छेउमा सोरिएको र सडकको अवस्था विग्रदै गएको भन्दै उनीहरुले गुणस्तरहिन काम गर्ने गराउने सवैलाइ कारवाहि गर्न माग गरेका हुन् ।

जिरा गिटटीहरु सडकमा नजमेको, काम गतिलो नगरेको र सडक छेउमा गतिलो नाली र पहिरोहरुको उचित व्यवस्थापन नभएका कारण कालोपत्रे भएपनि सडकको अवस्था जिर्ण वनेको स्थानीयवासी वताउछन् । कालोपत्रे चरम गुणस्तरहिन भएको प्रति भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले निर्माण व्यावसायी र सडक डिभीजन कार्यालय विरुद्ध अख्तियार र अदालतमा मुद्धा हाल्ने तयारी गरेको वताए । उनले काममा अवरोध गरे नकरात्मक अर्थ लाग्ने भएकोले अव जनता ठग्ने व्यावसायीका विरुद्ध अख्तियार या अदालतमा मुद्धा हाल्नुको विकल्प छैन मेयर घतीले भने । यस्तै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले पनि गुणस्तरहिन कालोपत्रे गर्ने निर्माण व्यावसायीलाइ कारवाहिका लागि आफुले पहल गर्ने वताए ।

कामको गुणस्तर हेरेर आवस्यक कारवाहिका लागि प्रक्रिया अघि वढाइने छ उनले भने । सडक कालोपत्रेका वारेमा निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।केहि समय पहिले निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयले स्थानीयहरुको अवरोधका कारण सडक कालोपत्रेमा केहि कठिनाइ हुने गरेको वताएका थिए ।


ताजा समाचार