Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

भेरी नगरको योजना अनुगमन


माया पन्त
जाजरकोट २३, जेठ । भेरी नगरपालिकामा निर्माणाधीन विकास योजनाको गुणस्तरीयता, प्रभावकारीता तथा जनगुनासो सुन्न अनुगमन समितिले स्थलगत अनुगमन गरेको छ । उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा गठित अनुगमन समितिले वडा नम्बर १० देखि ११ मा निर्माणाधीन योजनाहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा निर्माण उपभोक्ता समितिलाई समयमै काम सक्न र गुणस्तरीय काममा जोड दिन उपप्रमुख भण्डारीले निर्देशन दिइन् । उनले गुणस्तरहीन काम गर्ने र समयमै काम सम्पन्न नगर्ने निर्माण उपभोक्तालाई नगरले भुक्तानी रोक्ने बताइन् । नगरपालिकाले गुणस्तर तथा समयावधिमै काम सक्न र राम्रो काम गर्न उपभोक्ता समितिलाई निर्देशन जारी गरेको छ । नगरको सबै वडामा समान विकास गर्ने गरी योजना निर्माणको काम थालेको छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम वेलवासेले विकास योजना निर्माण सन्तोषजनक रहेको बताए । उनले केहि स्थानमा मात्र ढिलासुस्ती र निर्माणमा जनगुनासो आएको बताए । जनगुनासो समाधान गर्न अनुगमन तिव्र पारीएको उनले बताए । नगरबाट २ सय ८० योजनामा २ सय ६८ वटा योजनाको सम्झौता भइ ७१ वटाको कार्य सम्पन्न भएर भुक्तानी भइ सकेको उनले बताए । १२ वटा योजनाको सम्झौता हुन बाँकी रहेको भन्दै अन्य क्षेत्रमा रकमान्तर गरीने उनले बताए । निर्माण तथा मर्मतमा रकम विनीयोजन गरीएको छ । विगतको जस्तो काम नगरै रकम भुक्तानी दिइदैन् उनले भने । एउटा योजनाको २ पटकसम्म अनुगमन गरीएको छ, उनले भने ।

नगरबाट सन्चालन भएका योजनाको ५५ प्रतिशत वितीय प्रगतीको काम सम्पन्न भई सकेको र अव ४५ प्रतिशत मात्र योजनाको कार्य बाँकी रहेको अधिकृत बेलवासेले बताए । नगरबाट सडक, खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्य, सिचाई, पशु, कृषि लगाएतका क्षेत्रमा रकम विनीयोजन भएको नगरले जनाएको छ ।


ताजा समाचार