Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

भारत हिडेका बालकहरुलाई प्रहरीले आफन्तको जिम्मा लगायो

जाजरकोट । भारत जान लागेका बालकहरुलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । सोमवार भेरी नगरापालिका ३, ठाँटीबाट उनिहरुलाई प्रहरीले नियान्त्रणमा लिई आफन्तको जिम्मा लगाएको हो ।

घरवाट जानकारी नदीई भारत जान लागेका नलगाड नगरपालिका १ का पशान्त बहादुर बि.क, हस्त बहादुर बि.क, चन्द्रविर कि.क र हिरे बि.क का छोराहरु रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बालकहरु प्रहरीलाई देख्दा लुक्न खोजेपछी संका लागेर नियान्त्रणमा लिएर आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ ।

उनिहरु आफन्तलाई जानकारी नदिएर भारत जान लागेका थिए । ति चार जना बालकहरुको साथ बाट नगद १५ हजार आठ सय ४० रुपैँया र तिन सेट मोबाइल समेत फेला पारि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।


ताजा समाचार