Loading... आजः शनिबार, कार्तिक ६, २०७८

वालविवाह न्युनिकरण संबन्धी क्षमता विकास अभियास


जाजरकोट । वडास्तरिय बाल संजालको स्थापना र वालविवाह न्युनिकरण संबन्धी क्षमता विकास अभियास सोमबार स्याउली बजारमा सम्पन्न भएको छ । भेरी नगरपालिकाको आयोजनामा समाजमा व्याप्त वालविवाहलाई न्युनिकरण गर्न क्षमता विकास अभियान कार्यक्रम संचालन गरिएको थियो ।

भेरी नगरपालिकाका ७, ८,९ र १० नम्बर वडाका वालवालिका, वडाअध्यक्ष, वडा महिला सदस्यहरुलाई कार्यक्रममा सहभागिता गराइएको कार्यपालिका सदस्य तथा नगर प्रवक्त पार्वती वि.क ले जानकारी दिइन । सहभागिहरुलाई वालविवाह न्युनिकरणका बारेमा सचेतना संबन्धि जानकारी दिइएको थियो ।

वावविवाह न्युनिकरणमा वालवालिकाकै भुमिका, महिला सदस्यहरुको भुमिका र वडाअध्यक्षहरुको भुमिका र कर्तव्यको बोध गराइएको विक ले जानकारी दिइन ।


ताजा समाचार