Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

बिभिन्न माग राखि देउसी भौलो खेल्ने दिन अन्त्य भएको नगर प्रमुख घर्तीको भनाई

जाजरकोट,२१जेठ । जाजरकोटको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले नगर बासिहरुले बिभिन्न माग राखि देउसि भौलो खेल्ने दिन अन्त्य भएको बताएका छन । नगर पालिका बाट सञ्चालनमा आएका बिभिन्न बिकास निमार्णका कामहरुमे बेला बेलाम नगरका केहि ब्यक्तीहरुले देउसी भौलो देखि मुठि दान सम्म संकलन गर्ने दिन अन्त्य भउको बताए । भेरी नगरपालिकाले नेपालको संबिधानमा टेकि आफनो कानुन आफै निर्माण गरिसकेकोले स्थानिय सरकारले कार्यन्वयन गरेको निति नियम भित्र रहि हरेक बिकास निर्माणका कामहरु सञ्चालन गरिने बताए । नगर पालिकामा हुने बिभिन्न बिकास निर्माका कामलाइ गति दिनको लागि गत चैतमा बसेको बिधान सभाले १४ ओटा ऐन पारित गरेको थियो हाल नेपाल सरकारको राजपत्रमा प्रकासित गरिएको ।

नगर प्रमुख घर्तीका अनुसार बिशेष सभाले पारित गरिएका ऐन कानुनहरु कार्यन्वयनमा ल्याएका छौ । कुनै पनि फाटको कर्मचारिले अटेर गरेमा आवश्यक कारबाहि र यदि अटेर गरेमा नितिर  बिधिभित्र रहि कानुनि कारबाहि गरीने बताए । सोमबार पारस्परिक जवाफदेहिता परियोजनाले गरेको सार्वजनिक निजिसमुहको बैठकको समापन गर्दै नगर प्रमुख घर्तीले यस्तो बताएका हुन । जाजरकोट जिल्ला स्वास्थ्य शिक्षा क्षेत्रमा अत्याधिक लाजमर्दौ पहिचान बोकेकोले आगामि दिनमा यसलाइ सुधार्न समेत आग्रह गरे । ५० सौयाको जाजरकोट अस्पतालमा हाल ९ जनाको दरवन्दि रहेकोमा हाल १ जना डाक्टरले उपचार गराएकोमा यँहाका राजनिति दलहरु सुतिरहेको जाजरको जिल्लाको ठुलो दुर्भाग्य भएको समेत नगर प्रमुख घर्तीले बताए ।

जिल्लाको स्वास्थ्य क्षेत्रमा आफु गम्बीर भएको र जाजरकोट अस्पताल कुन निकायमा रहने भन्ने कुरा अहिले सम्म टुगो नलाग्दा काम गर्नमा असहजता भएको नगर प्रमुख घर्तीले बताए । हाल जाजरकोटि जनताको लागि रात दिन खटिएको केहि सरकारले बितरण गर्ने निशुल्क औषधी मन्त्रालयमा पहल गरि जाजरकोट अस्पताल लाइ हस्तान्तरण गरिएको र जाजरकोट जिल्लामा आवश्यक पर्ने औषधि पून ब्यबस्थापन गर्न आफु तयार रहेको समेत नगर प्रमुख घर्तीले बताए । साथै जाजरकोट जिल्लामा बिकास निर्माणको कामलाइ हाम्रो लागि हो भन्ने कुरा जहिले सम्म परिवर्तन आउदैन तेहिले सम्म कुनै बिकास निर्माणका कामहरु प्रभावकारि नहुने बताए ।

तेस्तै जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानि प्रसाद शर्माले जाजरकोट जिल्लामा शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको अनिमियता र लापर्वाहि स्वयम ब्यक्ति बाट सुधारिनु पर्ने बताए । काकले कान लग्यो भन्दैमा काग संग दैडेर कान फिर्ता नहुने भन्दै पहिले सबै कर्मचारिहरु आफु बाट सुध्रिन आग्रह गरे । कार्यक्रम सुन्दर नेपाल सांस्था सुर्खेतले आयोजना गरेको थियो कार्यक्रम्मा जिल्ला तहमा रहेका समस्या चुनौतिको बारेमा छलफल गरिएको थियो ।

हाल जाजरकोट जिल्लामा सुन्दर नेपालले गरेको सर्बेक्षण अनुसार स्वास्थ्य, शिक्षा मा प्रभावकारि सामाजिक परिक्षण नहुनु सम्बन्धीत कार्यालयमा गुनासो सुन्ने ब्यक्ति नहुनु क्षतिपुर्ति सहितको वडा पत्र नहुनु ९ जना दरवन्दि रहेको जाजरकोट अस्पतालमा १ जना बाट सेवा प्रबाह हुनु । शिक्षक नियमित बिद्यालयमा उपस्थित नहुनु कृषि प्राबिधिहरु फिल्ड क्षेत्रमा कम जानु लगाएतका मुख्य समस्या हाल सम्म पनि कायम रहेको सुन्दर नेपाल सांस्थाका जिल्ला कार्यक्रम अधिकृत धन बहादुर रावतले जानकारि दिए । यस्तै कार्यक्रममा बिभिन्न राजनिति दलका प्रमुख तथा प्रतिनिधि जनप्रतिनिधि, कर्मचारि, आम पत्रकारहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार