Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

प्रथम मेयर घुम्ती स्वास्थ्य शिविरमा पाँच सय बढिको उपचार


जाजरकोट । भेरी नगरपालिकाले संचालन गरेको प्रथम मेयर निशुल्क घुम्ती स्वास्थ्य शिविरमा पाँच सय बढिले उपचार गराएका छन् । शुक्रवार र शनिवार वडा नम्बर २, को बाहुनथानामा संचालित स्वास्थ्य शिविरमा पाँच सय बढिले उपचार गरेका हुन् । दुई दिन सम्म संचालन गरिएको शिविरमा पाँच सय ७८ जनाले उपचार सेवा लिएको नगर स्वास्थ्य प्रमुख विरेन्द्र कुमार शर्माले जानकारी दिए ।

स्वास्थ्य उपचार गराउनेमा सवैभन्दा बढि तिन सय ७९ जना महिला रहेको उनले बताए । त्यस्तै एक सय ९९ जना पुरुषले उपचार गराएका छन् । शिविरमा एक सय ३७ जना बिरामीले भिडियो एक्स–रे गराएको र ४१ जना बिरामीले दन्तसेवा अर्थात दाँत निकालेको हेल्थ असिस्टेन्ट रन्त घर्तीले जानकारी दिए । त्यस्तै ३४ जना महिलाले पाठेघरको जाँच तथा उपचार परामर्श लिएका छन् ।

शिविरमा मुख्य गरेर ग्याँस्टिकका बिरामीको संख्या धेरै पाइएको छ । एक सय ६३ जना ग्याँस्टिकका विरामी भेटिएको डा.भुपेन्द्र मल्लले जानकारी दिए । स्वासप्रस्वासको समस्या भएका ६१ जनाले उपचार गराएका छन् । तल्लो पेट दुख्ने तथा पाठेघर समस्या भएका ४३ जना महिला भेटिएको डां मल्लले जनाए । छाला सम्बन्धि रोगका ३२ जना र अन्य विरामी दुई सय ३९ जनाले उपचार गराएको नगर स्वास्थ्य प्रमुख शर्माले जानकारी दिए ।

भेरी नगरपालिकाले गाउँमै पहिलो पटक भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच सेवा लगायतको सेवासुविधा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन गरेपछि स्थानियबासी निकै खुसि भएका छन् । शिविरमा उपचारमा गर्न आएका स्थानियहरुले आफ्नो स्वास्थ्य प्रति चासो देखाएको भन्दै नगर प्रमुख चन्द्र प्रकाश घर्तीको प्रशंसा गरेका छन् ।

स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नगरवासीहरुलाई स्वास्थ्य सेवाको पहँुचमा ल्याउन यस्तो घुम्ति शिविरको आयोजना गरिएकोे नगर प्रमखु घर्तीले बताए । नगरवासीको स्वास्थ्य प्रति आफु गम्भिर रहेको भन्दै आगमि आर्थिक बर्षबाट विशेष स्वास्थ्य क्यालेन्डर बनाएर बिशेषज्ञ चिकित्सक सहितको सेवा गाउँ–गाउँमा पुर्याइने नगर प्रमुख घर्तीले बताए ।

नगरपालिकाका दुर्गम गाउँमा बिशषज्ञ चिकित्सक सहितको निशुल्क घुम्ति स्वास्थ्य शिविरलाई अझै प्रभावकारी बनाइने योजना रहेको उनले बताए । भेरी नगरपालिकाले स्वास्थ्यलाई प्राथामिकता दिदै, कृषि, पशुपालन, शिक्षा, खानेपानी बाटोघाटो लगाएतमा प्राथामिकता दिदै कार्यक्रम अगाडि बढाएको छ ।

शनिवार सम्पन्न शिविरमा १३ जना स्वास्थ्य कर्मिहरुको टोली खटेको थियो । दुइजना चिकित्सक डा. भुपेन्द्र मल्ल र डा. अमिन शाह, चार जना हेल्थ असिस्टेन्ट भुपेन्द्र राज गिरी, निशा थापा, रत्न घर्तीले सेवा दिएका थिए । त्यस्तै सिनियार अहेव बेद बहादुर सिंह, स्टाफ नर्स नारायणी शर्मा, सुनिता चौधरी, अहेव उद्यम कुमार कार्की अनमि निर्मला थापा र रत्ना खड्का रहेको नगर स्वास्थ्य उप संयोजक कौशिला बटालाले जानकारी दिइन । त्यस्तै अन्य कर्मचारीको पनि सहभागिता रहेको थियो ।

भिडियो एक्स–रे सहितको निशुल्क स्वाथ्य शिविर यही जेठ २५ र २६ गते वडा नम्बर ६ को लक्ष्मि माध्यामिक बिद्यालय भेरे र असार १ र २ गते वडानम्बर ७ र ८ को स्याउली बजारमा संचालन हुने छ ।


ताजा समाचार