Loading... आजः बुधबार, कार्तिक १२, २०७७

आवश्यकता आधारमा पार्टी कमिटीहरुको एकता हुन्छ : प्रभाकर

फाइल फोटो

सुर्खेत । नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आवश्यक्ताको आधारमा पार्टी कमिटीहरु गठन तथा एकता हुने बताउनुभएको छ ।

कर्णाली प्रदेशको पार्टी एकता कार्यदलका सदस्य समेत रहेका नेता शर्माले वीरेन्द्रनगरमा पत्रकार भेटघाटमा पार्टी एकताका लागि बनेको विद्यानका आधारमा पार्टी कमिटीका फर्मेशन निर्माण हुने बताउनुभयो ।

अहिले पार्टी कमिटी एकिकरणका लागि आवश्यक गृहकार्य भईरहेको भन्दै नेता शर्माले कार्यदलले तयार पारेको रिपोर्टका आधारमा केन्द्रबाट नै कमिटीको टुङ्गो लाग्ने वहाको भनाई छ ।

वहाले भन्नुभयो कोही व्यक्तीको लागि कमीटिमा थपघट गर्ने काम हुदैन् , आवश्यक्ता भन्दा अन्य कसैका कुरा प्राथमिकतामा पर्न सक्दैनन् । दुई ठूलापार्टीको एकताबाट जनतामा ठूलो आशा र अपेक्षा भएकाले जनताको अपेक्षा पूरा गर्नका लागि पार्टी कमिटीहरु निर्माण हुने कुरा स्पष्ट पार्नुभयो ।

फरक प्रसंगमा नेता शर्माले कर्णाली प्रेदशमा स्रोत र साधनको सम्भावनालाई पहिचान गरी प्रदेशको समृद्घिमा लाग्नुको विकल्प नरहेको वताउनु भयो । प्रदेश स्तरमा देखिएका कानुनी र संरचनात्मक समस्यालाई समाधान गरी प्रभावकारी रुपमा सरकारले कार्यन्वयन गर्नुपर्ने बताउदै शर्माले पार्टी एकता पछि विकासमा जनताले ठुलो अपेक्षा गरेकाले कडा मेहनत गर्न आवश्यक रहेको बताउनुभयो ।

कर्णालीमा रहेको जडीवुटी, कृषि ,पर्यटन जस्ता पुर्वाधारको विकास गरी १० वर्ष भित्र कर्णालीको मुहार फेर्नका लागि आफु लागी पर्ने प्रतिबद्धता समेत वहाले व्यक्त गर्नु भयो । कर्णाली प्रदेशको विकासका लागी आफुले संघिय सरकार संग पहल गर्नमा कुनै कसर बाँकी नराख्ने पनि वहाले स्पष्ट पार्नुभयो । कर्णाली प्रदेशमा न्योचित रुपमा वजेट विनियोजन नभएको भन्ने संचारकर्मीको जिज्ञासामा वहाँले कर्णालीका योजनाहरुको डि।पि।आर नभएकाले पनि कुन आयोजनामा कति रकम छुट्टयाउने भन्ने कुरा सम्भव नभएकोले अफ्ठेरो भएको बताउनुभयो ।

वहाले भन्नुभयो ‘अब डीपीआर निर्माणको काम प्रदेश सरकारले गर्नेछ भने आगामी वर्षमा केन्द्र सरकारले बजेट आवश्यक्ता अनुसार बिनियोजन गर्नेछ ।’ बजेट नपरेको हैन तर त्यो बजेट नै पूर्ण छ भन्ने अवस्था पनि छैन् वहाले भन्नुभयो । नेता शर्माले एउटा द्रुतमार्ग, भेरी करिडोर र कर्णाली करिडोर बजेटमा समेटिएको बताउनुभयो । जनचाहना अनुरुप ठुला योजनाहरु तथा अर्थतन्त्रलाई चलाएमान गर्न संघिय सरकार र अन्र्तराष्ट्रिय निकाय संग पनि समन्वय गरी काम गर्ने पतिवद्घता व्यक्त गर्नुभयो ।

नेता शर्माले प्रदेश सरकार आफैंले पनि प्राकृतिक स्रोत र परिश्रमी जनताको साथबाट केन्द्रले दिएको बजेटभन्दा बढी काम गर्न सक्ने बतावउनुभयो । हामी ऋण गरेर अनुदान ल्याएर केन्द्रबाट मागेर जसरी पनि कर्णालीको विकास गर्छौ ।


ताजा समाचार