Loading... आजः आइतवार, अशोज ३१, २०७८

नगरवासीको स्वास्थ्य प्रति गम्भिर छु : नगर प्रमुख घर्ती


जाजरकोट । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले नगरवासीको स्वास्थ्य समस्या प्रति गम्भिर भएको वताएका छन् । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नगरवासी सम्म स्वास्थ्य सेवा पुर्याइने उनले बताएका हुन् । अब कोही नगरवासी स्वास्थ्य सेवाबाट बन्चित हुने छैनन्, स्वास्थ्य संस्था सम्म पुग्न नसक्ने नागरिकको घरसम्मै पुगेर सेवा दिइने छ, नगरप्रमुख घर्तीले भने ।

वडा नम्बर २ को बहुनथानामा निशुल्क प्रथम मेयर स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख घर्तीले यस्तो वताएका हुन् । नागरिकको पहिलो कुरा स्वास्थ्य हो स्वास्थ्य स्वास्थ रहे अरु क्षेत्रमा विकास गर्न सकिने उनको भनाई छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सडक जस्ता आधारभुत कुराहरुमा नगरसरकार गम्भिर भएको छ, यस्को कुनै अभाव हुन नदिने उनको प्रतिवद्धता छ ।

नगरपालिकाले दुर्गम गाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा दिन आगमि आर्थिक वर्षामा विषेश कार्यक्रम सहित शिविर संचालन गर्ने तयारीमा रहेको बताएका छन् । प्रत्यक महिना प्रत्यक गाउँमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भेरी नगरपालिकाले तयारी गरेको छ । कुनै पनि आपतकालिन अवस्थामा तथा महामारि भएमा त्यसको लागि पनि नगरपालिका आवश्यक चिकित्सक र औषधि तयारी अवस्थामा रहेको उनले जनाए ।

शुक्रवार नै वडा नम्बर २ का अध्यक्ष कालि बहादुर वलीले दुर्गम गाउँमा भिडियो एक्सरे, दन्त सेवा सहितको शिविर संचालन हुनु अत्यान्तै खुसिको कुरा भएको बताएका छन् । सामान्य रोग देखि जटिल किसिमको रोगको पनि घर आगँनमै उपचार गर्न पाउँनु वडावासीको लागि गर्वको बिषय बनेको उनको भनाई छ ।

शुक्रवार १८ गते देखि संचालन भएको निशुल्क प्रथम मेयर स्वास्थ्य शिविर १९ गते सम्मा संचालन हुने हेल्थ असिस्टेन्ट रत्न घर्तीले जानकारी दिए । शिवरको पहिलो दिन अधिकाँस पाठेघरको समस्या भएका महिलाहरुले सेवा लिएका छन् । त्यस्तै गाँस्टि र छाला रोगका विरामीले सेवा लिएको नगर स्वास्थ्य प्रमुख विरेन्द्र कुमार शर्माले जनाए ।

शिविरमा दुइजना डा. भुपेन्द्र मल्ल, डा. अमिन शाह, दुइ जना स्टाफ नर्स, दुइजना अनमि, एक जना सिनियर अहेव, तिन जना हेल्थ असिस्टेन लगायतले स्वास्थ्य सेवा दिइरहेका छन् । सामान्य चेक जाँच देखि भिडियो एक्सरे, दन्त सेवा, प्रशुतीसेवा लागायतको सेवा दिइएको छ ।

शिविर संचालनको पहिलो दिन ४ सय ११ जनाले उपचार गरेका छन् भने ७ सय ३२ जनाले नाम दर्ता गराएका छन् । शनिवार सम्म ११ सय बढिले उपचार सेवा लिने हेल्थ असिस्टेन्ट रान्त घर्तीले जनाए ।


ताजा समाचार