Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

भेरी नगरपालिका द्ववारा प्रथम मेयर निशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन


जाजरकोट ,१८ जेेठ।  जाजरकोटकाे भेरी नगरपालिकाले प्रथम मेयर निशुल्क घुम्ती स्वास्थ्य शिविर शुक्रबार देखि सञ्चालन गरेको छ। भेरी नगरपालिकाको अायाेजनाम उक्त शिविरको अायाेजना गरिएको हाे । दैनिक वातावरण परिवर्तनको अनुकूलता लाई मध्य नजर गरि नगर बासि लाई राेग भाेग बाट बचाउन निशुल्क स्वास्थ्य शिविरको अायाेजना गरिएको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिए ।

जिल्लामा बिगतमा सयौं ब्यक्ति हरुले वातावरण अनुकुल विभिन्न राेग बाट ज्यान गुमाएको हुने अहिले समयमा यस्ता कार्य बन्द गर्नका लागि शिविरको अायाेजना गरिएको समेत नगर प्रमुख घर्तीले जानकारी दिए । हाल सम्म पनि पनि नगरबासि शिक्षा स्वास्थ्य सडक देखि धेरै टाढा भएको ले अागामि अाफनाे कार्यकालमा सबै नगरबासिलाई समान पहुँचमा पुर्‍याउने नगरप्रमुख घर्तीले बताए । हाल जाजरकोट जिल्लाका हरेक स्वास्थ्य केन्द्रमा दैनिक उपभोग गर्ने अाैषधि पूरा गर्न अाफु एउटा जाजरकोट बासिन्दा भएको नाताले पनि रातदिन खटिएको जानकारी दिए ।

काम गर्ने मान्छे लाई कुनै पदकाे अावश्यक नपर्ने भन्दै नगर प्रमुख याे भन्दा पहिले अाफनाे नगरपालिकाकाे सवारी गाडीमा काठमाडौ बाट ढुवानी गरि जाजरकोट जिल्ला अस्पताल लाई निशुल्क अाैषधि बितरण गरेका थिए ।

हाल सञ्चालनमा अाएकाे निशुल्क घुम्ती शिविर भेरी नगरपालिकाकाे वडा न २ बाेहराम अाज पहिलो दिन चार सय एघार जनालाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको र सात सय बत्तीस जनाको नाम दर्ता गरिएको नगरपालिका स्राेतले जानकारी दिएको छ ।


ताजा समाचार