Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

जिल्ला सदरमुकाममा भेरी नगरपालिकाले निर्माण गर्यो कृष्ण मन्दीर

जाजरकोट , १८ जेठ । जिल्लाको पुरानो पहिचानका रुपमा रहेको लाखे नाँचलाई संरक्षण गर्न भेरी नगरपालिकाले जिल्ला सदरमुकाम खलंगाको गैरीखालीमा कृष्ण मन्दीर निर्माण गरेको छ । पौरानीक साँस्कृति प्रबद्र्धन गर्न भेरी नगरपालिकाले सदरमुकाम खलंगाको गैरीखालीमा कृष्ण मन्दीर निर्माण गरेको हो ।

भेरी नगरपालिका–४ गैरीखालीमा रहको कृष्णमन्दीरको पुर्ननिर्माण गरिएको छ । नगरपालिकाको १२ लाख अनुदान र ३ लाख जनश्रमदानमा उक्त मन्दीर निर्माण गरिएको हो ।

जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले भक्तपुरवाट जाजरकोट भित्रयाएको नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्ष अघि सुरु गरेको लाखे नाँच जाजरकोटको ऐतिहासिक मौलिक संस्कतिका रुपमा विकास भएको हुदा यसको संरक्षणमा जोड दिनु पर्ने भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश (सिपी) घर्तीले वताए । धर्म संस्कृतिले मान्छेलाई अनुशासित बनाउने बताउदै नगर प्रमुख घर्तीले भने–‘जाजरकोटको ऐतिहासिकतासंग जोडिएको लाखे नाँचलाई संरक्षण गर्नुपर्ने महसुस गर्दै नाँच संरक्षणका लागि पनि कृष्ण मन्दीर निर्माण गरिएको हो ।’
प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रियोदशीका दिन गाठेमंगल पर्व मनाउदै सुरु गरिने लाखे नाँच कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म नाचिने गरिन्छ । कृष्ण जन्माष्टमीमा कृष्ण मन्दीरमा धुमधामका साथ नाँच सहित मनाईने साँस्कृतिक पर्वलाई सम्बद्र्धन गर्नका लागि कृष्णमन्दीर निर्माण गरिएको नगर प्रमुख घर्तीले वताए ।

नेपालको संविधान २०७२ ले धर्म निरपेक्षता राज्यको ब्यबस्था गरिसकेको हुदा विभिन्न जातजाति र समुदायले परापुर्वकाल देखि मनाउदै आएका मौलिक धर्म संस्कृतिलाई आफुले बढुवा दिदै जाने नगर प्रमुख घर्तीको भनाई रहेको छ ।

३७ बर्ष पहिले कृष्णमान भडेलद्धारा निर्माण गरिएको निकै जिर्ण अबस्थामा रहेको गैरीखालीको कृष्णमन्दीरलाई नगरपालिकाको अनुदान तथा जनश्रमदानद्धारा पुर्ननिर्माण गरिएको मन्दीर निर्माण समितिका सचिव जनक भडेलले जानकारी दिए । निकै आकर्षक तरिकाले निर्माण गरिएको मन्दीरमा काठमाण्डौंका कालिगडद्धारा बनाएको सिंहमरमरको कृष्ण मुर्ती राखिएको छ सचिव भडेलले भने–‘मन्दीरका विभिन्न आकृतिहरु निर्माण गर्नका लागि झण्डै ४ महिनाको समय लाग्यो ।’
लाखे नाँचका लागि नेवार समुदायको जिम्मेवारी र सक्रियता रहदै आएको भएपनि जिल्लाका सवै स्थानीय, जाती र समुदायका मानिसहरुले यस नाँचलाई साथ दिदै आएका छन् । पछिल्लो समयमा ठकुरी, वाहुन, क्षेत्री र दलित लगाएतका समुदायले लाखे नाँचमा सहभागिता जनाउने गरेका छन् ।

ऐतिहासिक संस्कृतिसंग जोडिएको खलंगा सदरमुकाममा निर्माण गरिएको कृष्णमन्दीर नमुना मन्दीर भएको खलंगाबासी रामप्रशाद शर्माको भनाई रहेको छ


ताजा समाचार