Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

दश बर्ष सम्म अलपत्र रहेको मजकोट खोला जलविद्युत आयोजनाको काम सुचारु ।

जाजरकोट ,१८ जेठ । जाजरकोट जुनिचाँदे गाउँपालिकाम रहेको दश वर्ष सम्म अलपत्र रहेको मजकोट खोला जलविद्युत आयोजनाको काम सुचारु भएको छ । नेपाल सरकार उर्जा मन्त्रालयको आर्थिक सहयोगमा उक्त आयोजना जेठको पहिलो साता देखि सञ्चालनमा आएको छ । जुनिचाँदे गाउँपालिकाको साबित मजकोट गाबिस र कोताङ्ग गाबिसको वडा न १ लाइ लक्षित गरि निर्माण गर्नलागिएको बिद्धुत उत्पादन कार्य हाल आएर सुचारु भउको उपभोक्ता समितिले जनाएको छ ।

काम पहिले गर्न खोजिएको भौगोलीक बनावट बिकटता भएको पहिलेको बजेट अनुसार काम सञ्चालन गर्न नसकिएकोले हाल नेपाल सरकार उर्जा मन्त्रालयको आयोजनाम कुनो निर्माको काम सञ्चालन गरिएको उपभोक्ता समितिका सचिव प्रेम बहादुर खडकाले जानकारि दिए । कहिले बजेट अभावत कहिले स्थानिय हरुको बिवाद आया्ेजना कठिनाइका साथ सञ्चालनमा ल्याएको समेत सचिव खडकाले जानकारि दिए । सञ्चालनमा आएको जलविद्युत आयोजना बाट २०० किलोवाट बिद्धुत उत्पादन गर्ने सचिव खड्काले बताए ।

उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीका अनुसार जुनिचाँदे गाउँपालिका हिजोका दिनबाट झरो र टुकिमाराको भरमा आत्म निर्भरता भएको ले २ बर्ष भित्र जुनिचाँदे गाउँपालिकाका १हजार ८ सय घरधुरी लाई लाभान्वित गर्ने लक्ष्य रहेको बताए । जुनिचाँदे गाउँपालिकाम यस्ता बिद्युतको स्रोत धेरै भउकाकारण आगामि २ बर्ष भित्र सडक र बिद्युत लाइ प्रथामिक्ताम राखि कार्यक्रम सञ्चालन गरिने बताए ।

हिजोका दिनमा कमेडो माटो जमाएर लिसोमा आगो बालि दैनिक जिवन गुजार्न बाट केही दुर भएको गाउँपालिकाम संग प्रदेश र स्थानिय तहको बिशेष पहलमा प्रत्यक वडा सम्म सडक र बिद्युत लाइ प्रथामिक्ताका साथ आफनो कार्यकालमा काम गर्ने समेत बताए । आयोजनाको कुलो खन्ने काम यहि साउन सम्म सम्पन्न गरि अन्नय काम तत्काल सुरु गर्न लगाउने समेत अध्यक्ष केसीले जानकारि दिए ।


ताजा समाचार