Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

पाल्पामा भ्रमण जाँदै गरेको बस दुर्घटना १२ को मृत्यु ,१५ घाइतेछ


पाल्पा । लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेन बाट भ्रमण जाँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। जिल्लाको सदरमुकामबाट रामपूरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालीका–४ हुमीनमा दुर्घटनामा भएको हो। मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिल्लीराज पन्तले बताए।

उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन्। २७ जना सवार बस सडक भन्दा डेढसय मिटर तल खसेको छ। । प्रहरी उपरिक्षक पन्तका अनुसार मृतकका संख्या बढ्न सक्ने छ। घाइतेलाई मिशन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको पन्तले बताए।


ताजा समाचार