Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

स्थानीय जनप्रतिनिधि र सराेकारवाला हरुकाे १ दिने अभिमुखिकरण गाेष्ठी सम्पन्न

 जाजरकोट ,१८ जेठ जाजरकोटकाे जुनिचाँदे गाउँपालिकामा दिवा खाजा कार्यक्रम अन्तरगत १ दिने स्थानीय जनप्रतिनिधि र सराेकारवाला बित अभिमुखिकरण गाेष्ठी सम्पन्न भएको छ। बिश्व खाद्य कार्यक्रमकाे अाेजनाम तथा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय बिश्व खाद्य कार्यक्रमकाे अायाेजनाम उक्त गाेष्ठीकाे अायाेजना गरिएको थियो । बिद्यालय दिवा खाजा कार्यक्रम लाई अागामि दिनमा प्रभावकारी बनाउनकाे लागि अभिमुखिकरणकाे अायाेजना गरिएको बिश्व खाद्य कार्यक्रमका ईकाई प्रमुख चेद बहादुर बमले जानकारी दिए । उदेश्य अनुसार प्रभावकारी नदेखिएको ले थप परिणाम मुखि गराउन काे लागि जनप्रतिनिधि हरुलाई जिम्मेवारी समेत दिईएकाे बमकाे भनाइ छ । यता जुनिचाँदे गाउँपालिकाले एक घर एक करेसावारि अभियान सञ्चालन गर्ने जनाएको छ। दैनिक पाेष्ण अभावमा बाहिर बाट खाजा खरिद गर्नुपर्ने भएकोले यस्तो बाध्यता अब अन्त हुने समेत गाउँपालिका स्रोतले जानकारी दिएको छ । बालबिकाश देखि १२ कक्षा सम्म लाई खाजा बिस्तार गरि बालबिकाश देखि कक्षा ८ सम्म लाई खाजा खुवाउने समेत जानकारी दिएको छ ।

सरसफाइ र पाेषण काे लागि प्रत्येक बिद्यालयहरुमा खानेपानी शाैचालय भान्सा घरकाे मर्मत सम्भार गरि नभएका बिद्यालयहरुमा निर्माण गर्ने ।गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए। अागामि चार बर्ष भित्र बिशेष नितिमा रहेर प्रभावकारी बनाएर लिन सबै निकायहरु जिम्मेवारी हुनुपर्नेमा ध्यानाकर्षण गराईन अध्यक्ष केसीले बताए । साथै सन्दर्भकाे अन्त भए पनि सिक्ने कुराकाे अन्त नहुने भएको ले अागामि दिनमा सबैलाई सचिन अाग्रह गरे । बालबालिका बिद्यालयमा भाेकमा तडपिन बाध्यता लाई अन्त गर्नकाे लागि सञ्चालनमा अायकाे खाजा कार्यक्रम प्रभावकारी बनाउन अाफु स्थानीय तहको प्रमुखको जिम्मेवारी बहन गर्ने बताए ।

अहिलेसम्म जाजरकोट जिल्ला विभिन्न राेग र भाेगले जाजरकोट जिल्ला बिश्वमा चिनाउन सफल भएको ले समृद्ध जुनिचाँदे निर्माणका लागि सबै एगजुट हुन जरुरी रहेको अध्यक्ष केसीले जानकारी दिए । बिद्यालय हरुमा समयमा पाठ्यपुस्तक देखि शिक्षक पठनपाठन सम्म विभिन्न बिषयमा कमजोरी रहेकाेले अागामि दिनमा यस्तो काम बन्द गर्न अाग्रह गरे । शिक्षक स्वास्थ्य बिषय पढेर पढाउन अाएका शिक्षक नै ब्याबहार मा परिबर्तन गर्न नसकेको अाराेप लगाउनु भयो । बिद्यालय छाेडदा सबै सति जाने कार्यक्रमहरु जुनिचाँदेमा सञ्चालनमा अाएका ले अागामि दिनमा दिर्गकालिन याेजना निर्माण गर्न अाग्रह गरे । कुनै पनि कार्यक्रम चेतनाम चेन्ज गर्न नसके बिकास निर्माणका कामहरु निर्माणमा मुहार फेर्न नसक्ने अध्यक्ष केसीले ठाेकुवा लगाउनु भयो । सरकारकाे काम कहिले जाला घाम भने जस्तो शिक्षक हरुले गरिएकोले अागामि दिनमा त्यस्तो शिक्षक लाई कारबाहीकाे दायरामा ल्याउने अध्यक्ष केसीले बताए । गाउँपालिका ले बिशेष क्यामपियका साथ सरसफाइ अभियान सञ्चालन गरिने नतिजा मुखि काम नल्याई बिद्यालय लाई कारबाही गरिने भएको छ।

अभिवाभक ले खाजा समेत ल्याउन छाेडेकाे ले अागामि दिनमा यस्तो काम बन्द गर्न अाग्रह गर्नु भयो । नेपाल देश कृषि प्रदान देश भएको ले हाल गुणस्तर हिन खाजा प्रयोग नगरि जुनिचाँदेकाे उत्पादन खाजा बिद्यालयमा सञ्चालन ल्याउने अवधारणा ल्याउने अध्यक्ष केसी बताए । उत्पादन गरिएको बस्तु प्रत्यक बिद्यालयमा सञ्चालन गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे । साथै अब बिद्यालयहरुकाे जिम्मेवारी जुनिचाँदे गाउँपालिकाले लिने बिद्यालय लाई मर्ज गरेर अगाडि बढने अध्यक्ष केसीले प्रतिबद्धता ब्यक्त गरे । उपाध्यक्ष शिवा अाचार्य बस्नेतका अनुसार जुनिचाँदे गाउँपालिकाम गुणस्तरीय खाजा उपलब्ध गराउन अाग्रह गर्नुभयाे दुर्गममा ढुवानी देखि बितरण सम्म लापरबाही हुने भएकोले यस्तो काम सच्याउन अाग्रह गर्नुभयो । यदि गाउँपालिकाकाे मात्र जिम्मेवारी हाे भने गाउँपालिकाले अागामि दिनमा जिम्मेवारी लिन सक्ने उपाध्यक्ष बस्नेतले जानकारी दिए । गाउँपालिका भित्रका बिद्यालय हरुमा गाउँपालिका बाट खाजा बितरण गरिनुपर्नेमा जाेड दिईन ।

बिद्यालय भित्र सरसफाइका कार्यक्रम सञ्चालन गर्न अाग्रह जनप्रतिनिधिहरुले भासन गर्दैमा कुनै काम सम्भव नहुने ब्यावाहरमा परिवर्तन ल्याउन सबै एकरुपता भएर लाग्नु पर्ने उपाध्यक्ष बस्नेतले सुजाव दिईन । साथै अाफनाे कार्यकालमा खाजा कार्यक्रममा परिणाम मुखि तरिकाले अगाडि बढाउन समेत अाग्रह गरिन । खच्चडकाे दाना मा चामल सकिने केही प्याक चामल ढुवानी गर्दा बाटोमा गायब हुने जस्ता गुनासोहरु दैनिक अाउने गरेकोले जिम्मेवार भएर अगाडि बढन अाग्रह गरे । उता ईकाई प्रमुख चेद बहादुर बमका अनुसार जिल्लामा सरसफाइकाे रुपमा साबुन पाउडर काे ब्यबस्थापन गरिएको सबै सबै स्थानीय तहहरुमा पठाउने बताए । कमि कमजोरी भएको ठाउँमा जिम्मेवारी सम्झेर अागामि दिनमा सबै जनप्रतिनिधि हरुकाे सल्लाह बमोजिम अगाडि बढने समेत अाग्रह गर्नुभयाे ।

जुनिचाँदे गाउँपालिका शिक्षा उप-शाखा प्रमुख ईन्द्र बहादुर थापाकाे अध्यक्ष्ातामा सञ्चालन गरिएको कार्यक्रमकाे प्रमुख अथिती गाउँपपालिकाका अध्यक्ष कृष्णबहादुर केसीकाे बिशेष अथिति शिवा अाचार्य बस्नेत रहेको कार्यक्रमकाे प्रस्तुत सर्वजित सुनुवार गर्नुभएको थियो । बिद्यार्थी हरुले दिनमा भाेकले बिचमा छाेडेर घरमा जाने गरेको ले जाजरकोटमा २०५७ देखि सञ्चालन ल्याएको थियो । हाल जिल्ला भरि २ सय १२ अाेटा बिद्यालयमा खाजा कार्यक्रम सञ्चालनमा ल्यएकाे छ।


ताजा समाचार