Loading... आजः शुक्रबार, अशोज १, २०७८

जाजरकोटमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन

 जाजरकोट,१६असार । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । पशु स्वास्थ्य र मानव स्वास्थ्य अभिन्न अङ्गका रुपमा गासिएको हुनाले एक स्वास्थ्यको आवधारणा अनुसार पशुको स्वास्थ्यमा सुधार आएमा मानीसको स्वास्थ्यमा पनि सुधार आउने भएकोले नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।जुनीचाँदे गाउँ पालिका हुक्षेत्रीय पोषण योजना (MSNP)को आयोजना तथा जुनिचाँदे गाउँपालिका पशुपन्छी विकास शाखाको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नं ९ काे पञ्चला र वडा नं ११को कोर्ताङ्गमा निशुल्क पशु स्वास्थ्य शिबिर संचालन गरिएको पोषण सम्पर्क व्यक्ति समेत रहेका पशुपन्छी विकास शाखा प्रमुख कृष्ण विक पराजुलीले जानकारि दिए । शिबिरमा आन्तरीक तथा बाह्य परजिवि विरुद्धको औषधी वितरण गरिनुको साथै पशुमा लाग्ने अन्य रोगहरुको उपचार र परामर्श सेवा समेत प्रदान गरिएको पराजुलीेले बताए ।

शिविरमा पशुपन्छी पालक कृषकहरुले पशु स्वास्थ्य शिबिर आफनो घर आगनमा संञ्चालन भएपछि आफूहरू ज्यादै उत्साहित भएको वताए । शिविरमा गाई गोरु १ हजार ६ सय ६०,राँगो भौँसि ४ सय ८४ ,भेडा बाख्रा ३ हजार ९ सय २९ ,घोडा खचर ६२, कुकुर बिरालो २ सय ४० , कुखुरा ९ सय ९५ जम्मा गरि ७ हजार ३ सय ६२ ओटा पशुपन्छी लाई निशुल्क औषधि उपचार गरिएको पराजुलीले जानकारि दिए । आफ्नो घर आंगनमानै पशुपन्छीको उपचार भएपछी ठूलै राहत भएको जुनिचाँदे ९साकियाका कर्णबहादुर टमटाले वताए ।

आफ्नो वडा पशुपालनका लागि उपयूक्त भएको र यहाँका जनताको आम्दानी मुख्य स्रोत पनि पशु पालन भएकोले पशु स्वास्थय शिबिरको आयाोजना हुनु अत्यन्तै सर्हानीय काम भएको वडा न ९ का वडा अध्यक्ष राम बहादुर शाहीले बताए । उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर के.सी.का अनुसार स्वच्छ एवम् गुणस्तरीय शुपन्छी उत्पादनका माध्यमबाट जुनीचाँदे गाउँपालिका लाई खाद्य तथा पोषण माआत्म निर्भर बनाउने उद्देश्यले शिविर संचालन गरिएको बताए ।

वेला वेलामा गाउँपालिका भित्र महामारिका कारण धेरै पशुपन्छीको क्षति हुने भएकोले मौसम परिवर्तन सगै कुनै पनि कृषकको पशुधनको क्षति नहोस र पशु स्वास्थको संरक्षण सगै मानव स्वास्थ्यमा पनि सुधार का लागि पशु स्वाथ्य शिबिरको आयोजना गरेको उनले बताए ।


ताजा समाचार