Loading... आजः शनिबार, कार्तिक ८, २०७७

धुमधामका साथ जाजरकोटका बिभिन्न ठाउँमा धान दिवस मनाईयो (फिचर) ।


जाजरकोट,१५ असार । शुक्रबार असार १५ गत जाजरकोटका विभिन्न ठाउँमा धान दिवस मनाइएको छ । नगर प्रमुख देखि सरकारी कार्यालयका कर्मचारी समेत धान दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाएका छन् । कोही हिलोमा पसेर धान रोपेका छन् भने कसैले धानको बेर्ना घाँटीमा झुण्डयाएका छन् । जिल्लाका स्थानिय तहहरुले पनि आफनो पाएक पर्ने ठाउँमा बिभिन्न कार्यक्रमको आयोजना गरि धान दिवस मनाएका छन ।

यसअघि जिल्ला कृषि विकास कार्यालयले प्रत्येक बर्ष धान दिवस मनाउँदै आए पनि यस पटक मनाएनन् । जिल्ला कृषि विकास कार्यालयका सबै कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई दिइएकाले हाल यो बर्षको धान रोपाई दिवस नमनाइएको जुनिचाँदे गाउँपालिकाका कृषि उपशाखा प्रमुख लाल बहादुर खडकाले बताए ।


यसअघिका वर्षहरुमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीहरु समेत धान दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएका थिए भने अहिले स्थानिय जनप्रतिनिधि हरुले पनि उत्त अभियानलाई निरन्तरता दिएको छेडागाड नगर पालिकाकाक नगर प्रमुख लाल बहादुर महताराले बताए । “ हामि अन्य मेला नियमित गर्छै तर यो मेला कामको प्रत्यक्ष सिजन आएको महसुस गर्नको लागि मेला लाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

” साथै यो बर्षमा जाजरकोटमा कर्णाली प्रदेशका कृषि मन्त्रीको भने सहभागिता भयन । तर जाजरकोट जिल्लाम असार १५ बितिसक्दा समेत बर्ष नहुँदा अधिकांश खेत बाँझै रहेका छन । वर्षको अभावमा कृषकहरुले लगाएको बेर्ना समेत डढ्न थालेको छ । यसअघिका वर्षहरुमा असार १५ सम्म कम्तीमा २५ प्रतिशतसम्म रोपाईं सकिसकेको हुन्थ्यो, जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जानकारि दिएको छ , ‘तर यस पटक बर्ष नहुँदा खेत बाँझै रहने सम्भावना देखिन्छ ।’ सिचाई डिभिजन कार्यालय जाजरकोटले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारि नभए पछि अधिकांस जग्गा आकाशे पानीकै भरमा रहेको छ ।

धुमधामका साथ जाजरकोटका बिभिन्न ठाउँमा धान दिवस मनाईयो ।
जाजरकोट,१५ असार ।
शुक्रबार असार १५ गत जाजरकोटका विभिन्न ठाउँमा धान दिवस मनाइएको छ । नगर प्रमुख देखि सरकारी कार्यालयका कर्मचारी समेत धान दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाएका छन् । कोही हिलोमा पसेर धान रोपेका छन् भने कसैले धानको बेर्ना घाँटीमा झुण्डयाएका छन् । जिल्लाका स्थानिय तहहरुले पनि आफनो पाएक पर्ने ठाउँमा बिभिन्न कार्यक्रमको आयोजना गरि धान दिवस मनाएका छन ।
यसअघि जिल्ला कृषि विकास कार्यालयले प्रत्येक बर्ष धान दिवस मनाउँदै आए पनि यस पटक मनाएनन् । जिल्ला कृषि विकास कार्यालयका सबै कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई दिइएकाले हाल यो बर्षको धान रोपाई दिवस नमनाइएको जुनिचाँदे गाउँपालिकाका कृषि उपशाखा प्रमुख लाल बहादुर खडकाले बताए ।


यसअघिका वर्षहरुमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीहरु समेत धान दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएका थिए भने अहिले स्थानिय जनप्रतिनिधि हरुले पनि उत्त अभियानलाई निरन्तरता दिएको छेडागाड नगर पालिकाकाक नगर प्रमुख लाल बहादुर महताराले बताए । “ हामि अन्य मेला नियमित गर्छै तर यो मेला कामको प्रत्यक्ष सिजन आएको महसुस गर्नको लागि मेला लाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

” साथै यो बर्षमा जाजरकोटमा कर्णाली प्रदेशका कृषि मन्त्रीको भने सहभागिता भयन । तर जाजरकोट जिल्लाम असार १५ बितिसक्दा समेत बर्ष नहुँदा अधिकांश खेत बाँझै रहेका छन । वर्षको अभावमा कृषकहरुले लगाएको बेर्ना समेत डढ्न थालेको छ । यसअघिका वर्षहरुमा असार १५ सम्म कम्तीमा २५ प्रतिशतसम्म रोपाईं सकिसकेको हुन्थ्यो, जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जानकारि दिएको छ , ‘तर यस पटक बर्ष नहुँदा खेत बाँझै रहने सम्भावना देखिन्छ ।’ सिचाई डिभिजन कार्यालय जाजरकोटले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारि नभए पछि अधिकांस जग्गा आकाशे पानीकै भरमा रहेको छ ।

                                                                                    (फिचर)


ताजा समाचार