Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

सडक यातायात, कृषि, शिक्षा, स्वास्थ्य सु–शासन जस्ता बिषयलाई मुख्य प्राथमिकतामा जुनिचाँदे ।


जाजरकोट,१५असार । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले आगामि आर्थिक बर्षमा सडक यातायात, उर्जा, सिंचाई, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, सु–शासन जस्ता बिषयलाई मुख्य प्राथमिकताका दिएर निति निर्माण गरिएको बताए । असार १० गते जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिभा आचार्य (बस्नेत) ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक बर्षमा सडक यातायात, उर्जा, सिंचाई, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, सु–शासन जस्ता बिषयलाई मुख्य प्राथमिकताका दिएको अध्यक्ष केसीले बताए ।

गाउँसभा बाट सर्बसहमतले पास भएको नीति तथा कार्यक्रमले आगामि समृद्ध जुनिचाँदे निर्माण गर्नको लागि आर्थिक बर्षमा सडक यातायात, उर्जा, सिंचाई, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, सु–शासन जस्ता बिषयलाई मुख्य प्राथमिकताका दिएको छ । नितितथा कार्यक्रममा बिशेष गरि स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन र नियमालीको निमार्ण गरि कार्यान्वयन गरिने छ । “अर्गानिक खेतीमा वृद्धि, जुनीचाँदेको संवृद्धि” भन्ने नारालाई साकार तुल्याउन रैथाने प्रजातिका कृषि बाली तथा पशुपन्छीको संरक्षण र प्रवर्धन गदै अर्गानिक उत्पादन र उत्पादकत्व वृद्धिको लागि जुनीचाँदे अर्गानिक कृषि विषेश कार्यक्रमलाई प्राथामिकता दिईने समेत अध्यक्ष केसिले बताए ।

साथै गाउँपालिका भित्र प्रत्यक बर्ष पशुपन्छी बिभिन्न रोगका कारण धेरै धनजनको क्षतीहुने भएको कारण स्वच्छ एवं गुणस्तरीय पशुपन्छी जन्य उत्पादनका माध्यमबाट जुनीचाँदे गाउँपालिकालाई खाद्य तथा पोषणमा आत्मनिर्भर बनाउन उन्नत नश्ल, पशु स्वास्थ्य, पशु आहारा तथा उत्पादित पशुजन्य पदार्थ तथा बस्तुको बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरेको अध्यक्ष केसीले बताए । आगामि दिनमा आवश्यकता अनुसार नयाँ नीति तथा कानुन बिषेश गाउँ सभा बाट निर्माण गरिने ब्यबस्था गरिएको नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारहरुमा सडक यातायात, उर्जा, सिंचाई, खानेपानी जस्ता योजनाहरुको विकासको लागि प्राथमिकताक्रम निर्धारण गरि योजना तर्जुमा गरिने वताईएको छ ।

गाउँपालिकाको प्रत्येक वडाहरुमा नमुना वस्ती विकास कार्यक्रमको रुपमा केही बस्तीहरुको छनौट गरि विकास गरि यस गाउँपालिका भित्र सडकको पहुँच कायम हुन नसकेका वडा कार्यालयहरुमा स्थानीय सडक सञ्जालको पहुचँ स्थापना गर्न विशेष जोड दिईने समेत बताए ।
“गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी” को नारालाई सार्थक तुल्याउन प्रत्येक वडामा एक सहकारीको अवधारणा लाई जोड दिईने वताईएको छ ।“जुनीचाँदे समृद्धिको आधार, पर्यटनको विकास र भौतिक पूर्वाधार” निर्माण भन्ने नाराका साथ गाउँपालिकामा रहेका मुख्य पर्यटकिय स्थल, जुनी बस्ती, चाँदे हिमाल, भैरी चाल्ले नागढुगां देउराली पाथीभरा भ्युटावर, नदाईडाब लगायतका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरी संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी पर्यटन प्रवद्र्धृन गरि जुनिचाँदे गाउँपालिकाको पर्यटनलाई अगाडि बढाइने वताईएको छ ।

आगामि दुई बर्ष भित्र एक घर एक धाराको अवधारणा सुनिश्चत गर्ने साथै क्रमागत योजनाहरुलाई निरन्तरता दिईने । कृषि क्षेत्रको आधुनिकिकरण सगै उत्पादन बृद्धिका लागि जुनीचाँदे गाउँपालिका भित्र सिचाई सुबिधा उपलब्ध गराउन लागि बिभिन्न निकायहरु संगको समन्वय, सहकार्य र साझेदारीताको आधारमा सम्भाव्यतामा आधारित सिचाई आयोजना संचालनका लागि पहल गरिने । खानेपानीको मुहान संरक्षण, भूमिगत स्रोतको दोहन नियन्त्रण र बर्षातको पानी संकलन गरी खानेपानीको स्रोत बृद्धि गरिने, आवश्यकता अनुसार लिफ्ट प्रविधि र ठुला खानेपानी आयोजना संचालन गरिने समेत अध्यक्ष केसीले वताईए ।

पशुपन्छीपालन क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि निजि साझेदारिमा आधारित भेडा तथा बाख्रापालनगर्ने कार्यलाई प्राथामिकता का साथ अगाडि बढाईने । उत्कृट पशुपन्छी पालन गर्ने कृषकलाई उत्कृष्ट उपाध्यक्ष पुरस्कारको ब्यबस्थापन एक वडा एक कृषि तथा पशु सेवा प्राविधिक नीति लागु गरिर्ने लगाएतका निति तथा कार्यक्रम समेत सार्वजनिक गरिएको थियो ।
साथै “बालबालिकाहरुलाई विद्यालय ल्याऔ, टिकाऔं र सिकाऔं” भन्ने मुल ध्येयका साथ प्रत्येक वडाहरुसँग आवश्यक समन्वय गरिने । जुनीचाँदे गाउँपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई दुरीका आधारमा एकआपसमा गाभ्ने र आवश्यकता भएका विद्यालयमा दरबन्दी सिर्जना गर्ने व्यवस्था मिलाउने ।

३ देखि ४ वर्ष उमेरका बालबालिकाहरुका सर्वागिण विकासका लागि आधा घण्टाको दुरीमा बालविकास केन्द्र स्थापना गरी बालमैत्री कक्षा कोठा भित्र सिकाई वातावरणको सिर्जना गर्नका लागि आवश्यक पहल गरिने प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउनको लागि आवश्यक बजेट गर्ने जुनीचाँदे गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका बनाउन प्रत्येक बिद्यालयमा एक फुलवारि एक खेल मैदान अनिवार्य रुपमा बनाउने ब्यबस्था गरिने जस्ता नितितथा कार्यक्रम सार्वजनिक गरिएको समेत अध्यक्ष केसीले बताए ।

जोखिममा परेका टुहुरा, अनाथ, असहाय वालवालिकाहरुको अध्ययन प्रोत्साहनको लागि बाल कल्याण कोष स्थापना गरि सञ्चालन गरिने, सुनौला हजार दिनको महिला तथा वालवालिकाको पोषण, सुरक्षा सम्वन्धी कार्यक्रमलाई निरन्तरता दिन स्वस्थ नागरिक, सम्वृद्ध नगरको मान्यतालाई जनताको जीवनसंग जोडिएको आधारभुत स्वास्थ्य सेवालाई भरपर्दो, जनमुखी र प्रभावकारी बनाईने, सवैका लागि स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाईने, सुत्केरीलाई सेवा, भावी सन्ततिलाई टेवा भन्ने मान्यताका साथ बाल तथा मातृ स्वास्थ्य सेवालाई भरपर्दो र सुरक्षित बनाउन गाउँपालिकाबाट रकमको व्यवस्था गरिने,

आम नागरिकहरुको स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न, स्वास्थ्य सेवाबाट नागरिकहरु सेवा वञ्चित नहुन र गाउँपालिका नागरिकहरुको अकालमा मृत्यु नहोस भन्ने हेतुले आकस्मिक स्वास्थ्य कोषको स्थापना गरिने वताईएको छ । गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन, जनताका समस्या तथा गुनासाहरु सम्बोधन गर्न र विकास निर्माणको वास्तविक अवस्था पत्ता लगाउन बिभिन्न कार्यक्रम हरु सञ्चालन गरिने समेत अध्यक्ष केसिले बताए ।


ताजा समाचार