Loading... आजः शुक्रबार, अशोज १, २०७८

शु–शासन प्रर्वद्धनमा जोड दिदै भेरी नगरपालिका

वालकुमार शर्मा
१४ असार २०७५ , जाजरकोट ।  जाजरकोटको भेरी नगरपालिकाले सु शासन प्रर्वद्धनात्मक क्षेत्रमा जोडदिएको छ , जिल्लाका अन्य नगरपालिका र गाउपालिकाको तुलनामा भेरी नगरपालिका पहिलो भएको हो ।

आफ्नो कार्यालय वाट प्रदान हुने र भएका वस्तु तथा सेवाको गुणस्तर वृद्धिका लागि भेरी नगरपालिकाले चालु आ. व. मा नगर क्षेत्रका प्रमुख ३ स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत सेवाको गुणस्तरीयता वृद्धि गर्न र प्रभावकारीतामा ख्याल राख्न सुनुवाइ सम्पन्न गरेको छ ।

यसका साथै सु शासनका विभिन्न विधिहरुलाई अवलम्बन गरिएको भेरी नगरपालिकाका कार्यक्रम अधिकृत दल वहादुर घर्तीले जानकारी दिनु भयो , आफु पहिला जिल्ला विकासमा कार्यक्रम अधिकृतको रुपमा काम गर्दे आएको र पछिल्लो समय स्थानीय तहमा प्रयाप्त वजेट तथा

कार्यक्रमभए पछि आफुलाई काम गर्न सहज भएको वहाले वताउनु भयो । स्थानीय तह संचालन कार्यविधिमा उल्लेख भए अनुशार वर्षमा कम्तिमा ३ स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्नु पर्ने प्रावधान भए पनि कतिपय स्थानीय तहले सुनुवाइ समेत संचालन गर्न सकेका छैनन् । सुनुवाइलाई प्रभावकारी वनाउन कुनै पनि सेवा प्रदायक निकाय या आयोजनकले थर्ड पार्टी संस्था या सहजकर्ता खोज्नु पर्छ । तव मात्रै प्रभावकारीता देखिने नागरिक अगुवा राजेन्द्र विक्रम शाहको अनुभव रहेको छ ।

जिल्लामा कतिपय संस्था तथा निकायले आफैले सहजिकरण गरेर कार्यक्रम गर्ने गरेको भएता पनि ति कार्यक्रमहरु वास्तविक सुनुवाइ नहुने भएकोले थर्ड पार्टिलाई लिएर मात्रै सुनुवाइ तथा अनुगमन गर्दा तटस्थता हुने भएकोले भेरी नगरपालिकाले यस पटक जिल्लामा पहिलो पटक २०६३ सालमा सुुनुवाइको शूरुवात गर्ने संस्था असल शासन क्ल्व जिल्ला समन्वय समितिलाई लिएको थियो ।

सहजिकरणको जिम्मा पाएको संस्थाले नागरिकका विचारहरुलाई सेवा प्रवाह भैरहेको क्षेत्रमा पुगेर नागरिक अभिमत समेत लिएको थियो । भेरी नगरपालिका , नगर कार्यपालिका वाट प्रदान भएका वस्तु तथा सेवा र कर्मचारीको आचरण , नगरिक वडा पत्र, गुणासो सुनुवाइ संयन्त्र, सुझाव पेटिका उजुरी पेटिका लगाएतका सेवामा आधार मानी १०० जना नगरिकमा गरिएको सर्वेक्षण अनुशार नगरपालिका वाट प्रदान भएका सेवामा सन्तुष्टि जनाउनेको संख्या ९२ प्रतिशत रहेको थियो । यस वाट पनि के प्रष्ट हुन्छ भने नगरवाट प्रदान भएका सेवामा नागरिकको अभिमत सन्तुष्ट रहेको पाइन्छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने नागरिक समाजका संस्थाहरु सगको समन्वय तथा स्थानीय सरकारले आत्मसाथ गरेको निति तथा कार्यक्रमलाई नागरिकले के कसरी लिएर अगाडि वढेका छन् सो वारे नागरिक समाजका प्रतिनिधिहरु , सेवा प्रदायक निकायहरु विचमा पारस्परिक आपसि सम्वन्ध , जवाफदेहिता प्रति जिम्मेवारी पन नै प्रमुख मानिन्छ । यो भेरी नगरपालिकामा समान जनक तरिका वाट अगाडि वढेको कतिपयले वताउने गरेका छन् ।जसले गर्दा नगरपालिका सुशासन प्रर्वद्धनात्मक गतिविधिमा अगाडि वढेको देखिन्छ ।

सु शासन शव्दमानै भेक देखिन्छ । सवै कुरा पुर्ण नहुन सक्छ तर तुलनात्मक रुपमा हेर्ने हो भने नगरपालिका द्धारा प्रदान भएका वस्तु तथा सेवा नागरिक समक्ष पुर्याउनमा भेरी नगरपालिकाले अग्र स्थान ओगटेको छ । हाल सम्म नगरले पत्रकार सम्मेलन पटक पटक गर्ने गरेको छ , जस मार्फत आफ्ना निति तथा कार्यक्रम र प्रगति विवरण संचार माध्याम मार्फत नागरिक समक्ष पुर्याएको छ । यस्तै नगर विकास गतिविधि रेडियो कार्यक्रम प्रशारण गरेर नगरमा हुने हप्ता भरिका कार्यक्रमलाई नागरिक समक्ष पुर्याउन खोजेको देखिन्छ यस्तै । नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममा गरेका प्रतिवद्धतालाई पनि अक्षरस पालना गर्न अगाडि वढेको छ ।

नागरिक वडा पत्र सवै वडा कार्यालयमा नभएको नागरिकको गुणासोलाई सम्वोधन गर्न नगर पालिका र असल शासन कार्यक्रमको समन्वयमा श्रावण महिना भित्र सवै वडा र पालिकामा नागरिक वडा पत्र राख्दै छ ।यस्तै भेरी नगरवासिको गुणासो तथा सुझावलाई आत्मसाथ गरि अगाडि वढ्न गुणासो सुनुवाइ संयन्त्र समेत तयार पार्दे छ , यसका अलावा नगरपालिकाले टल फ्रि नम्वरको व्यवस्थापन समेत गरिरहेको छ । केहि दिनमा सो नम्वर पनि जनताको घरदैलोमा पुर्याउने तयारी गरेको नगर प्रमुख चन्द्र प्रकाश घर्तीको भनाइ छ । नगरले आफ्नो वेभसाइड मार्फत आफ्ना निति तथा कार्यक्रम वजेट सूचना नियमिति सार्वजनिक गर्दे आएको छ ।

नगर भित्रको कार्य प्रभावकारीता तथा कार्यालय भित्रको काम कार्वाहिलाई अनुगमन संयन्त्रमा राख्नका लागि पनि नगरले कार्यालय भित्र र वाहिर सिसि क्यामराको निगरानी समेत गर्ने व्यवस्था मिलाउन थालेको छ । जसले गर्दा नगर वाट प्रदान हुने वस्तु तथा सेवाको गुणस्तर मापन गर्न र भएका कमि कम्जोरीलाई सुधार गर्नमा थप भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

सु शासन प्रवद्धनात्मक योजना तथा नितिहरुमा पनि भेरी नगरपालिकाले जोड दिनुलाई प्रभावकारी कदम र शुन्य सहनशिलताको निति अवलम्वन गर्न खोजिएकोले सवैले साथ दिन भेरी नगरपालिकाका प्रमुख प्रशासकिए अधिकृत डिल्ली राज वेल्वासेले वताउनु भयो । आफु यस भन्दा पहिला नगरपालिका र उप महानगरपालिकामा समेत काम गरेको अनुभव भएकोले सु शासन प्रवद्धनात्मक कार्यमा जोड दिदै विकास निर्माणका क्षेत्रमा नागरिकका अपेक्षालाई सम्वोधन गर्न अझै केहि गर्न सकिने वहाको भनाइ थियो ।

नगरको प्रशासनिक भवन समेत निर्माण भैरहेको र वर्तमान संरचनामा रहेर काम गर्दा केहि अप्ठ्यारा परिस्थीतिहरु भए पनी जनतालाई कसरी सहज र सरल ढंगवाट नगरपालिकावाट सेवा प्रवाह गर्न सकिन्छ भन्ने वारेमा चिन्तित भएर काम गरिरहेको भेरी नगरपालिका ,नगर कार्यपालिकाका प्रवक्ता पार्वति वि.क. ले वताउनु भयो । भेरी नगरपालिकाले असोज महिना सम्म नया निर्माणाधिन भवन वाट सेवा प्रवाह गर्ने गरि काम अगाडि वढिरहेकोले सवैले साथ दिन र चित्त नवुझेको कुनै गुणासो भए गुणासो सुनुवाइ संयन्त्रको फोन नं र टोल फ्रि नम्वरमा आएको गुणासोलाई हप्तामा एक दिन नगर प्रमुखले जवाफ दिने गरि रेडियो कार्यक्रम वाट व्यवस्थापन गरिदै छ , नागरिक सोधेका प्रश्न लाई नगर विकास गतिविधि मार्फत सार्वजनिक गर्ने गुणासालाई सम्वोधन गर्ने र संयन्त्र मार्फत छलफलमा ल्याउने व्यवस्थासमेत वनाइरहेको भेरी नगरपालिका तुलनात्मक रुपमा सुशासन प्रर्वद्धनात्मक क्षेत्रमा लगानि समेत गर्दे आएको छ । यसले पक्कै पनि नागरिक र सरकार वीचमा सु मधुर सम्वन्ध ल्याउन र आपसी सम्वन्धमा स्थायीत्व कायम गराई सु शासन प्रर्वद्धनात्मक क्षेत्र वलियो हुने अपेक्षा नागरिकको रहेको छ ।
यसलाई मजवुत गर्न नगर सरकारको महत्पूर्ण भुमिका नियमिति भैरहनु जरुरी देखिएको छ ।


ताजा समाचार